गफसफ.com, दार्जीलिङ 3 दिसम्बर।
गोर्खा जनमुक्ति मोर्चा खऱसाङ महकुमा समितिद्वारा आज
मङपूअन्तर्गत रङजुभेल्ली विभागका अग्निपीड़ित विनोद रसाइँलीको परिवारलाई आवश्यक
राहत सामग्रीहरू प्रदान गरिएको छ। गत 1 दिसम्बरको राती भीषण आगलागी भएकोले विनोद
रसाइँलीको घर जलेर स्वाहाँ भएको थियो। अग्निकाण्डले सम्पूर्ण घर नै नष्ट भएपछि
हालमा विनोद रसाइँलीको परिवार बेघर अवस्थामा रहेका छन्।
आज खऱसाङ महकुमा समिति महासचिव अनुज थापा,
सागंठनिक सचिव तपेश्वर प्रसाद,
कार्यालय सचिव पदम मंग्रातीलगायत गोजमुमो केन्द्रिय समिति
सदस्य मिरेन लामा, मङपू
लाब्दा समष्टिका अध्यक्ष एडवर्ड लेप्चा, सचिव गगन राई, युवा मोर्चा केन्द्रिय सह-सचिव विज्ञान मिश्र,
प्रवक्ता अनित खातीलगायत अन्यान्नको टोलिले पीडित परिवारलाई
सहयोग गरेका छन्।
गोजमुमो महकुमा समितिको तर्फबाट अग्निपीड़ित परिवारलाई
खाद्य सामग्री, भाँड़ाकुड़ा,
लुगाफाटा आदि आवश्यक सामग्रीहरू प्रदान गरियो भने
पुनर्वासको निम्ति पनि हरेक तहबाट सहयोग प्रदान गर्ने आश्वासन गोजमुमो खरसाङ
महकुमा समिति महासचिव अनुज थापाले दिए।
यही क्रममा जीटीएको तर्फबाट पुनर्वासको निम्ति अग्निपीड़ित
परिवारलाई 1 लाख रूपियाँ प्रदान गरिने जीटीए उपाध्यक्षको तर्फबाट पनि पीड़ित
परिवारलाई आश्वस्त गराइएको पनि महासचिव अनुज थापाले पीड़ित परिवारलाई जानकारी
गराए।
यसरी नै गोजमुमो
मङपू लाब्दा समष्टिको तर्फबाट पनि पीड़ित परिवारका सदस्यहरूलाई हरेक
प्रकारको सहयोग प्रदान गरिने समष्टिका प्रतिनिधिहरूले पीड़ित परिवारलाई आश्वस्त
गराए।
No comments:
Post a Comment