गफसफ.com, दार्जीलिङ 6 दिसम्बर।
साहित्य अकादमीद्वारा अगरतल्लामा आयोजित राइटर्स मिटमा
मङ्पूका युवाकवि पुष्कर सिङ्गरले प्रतिनिधित्व गरेर फर्केका छन्। नेपाली भाषालाई
प्रतिनिधित्व गरेर गएका युवाकवि सिङ्गरले कार्यक्रममा आफ्ना दह्रो प्रस्तुति दिएर
फर्केका छन्।
गत 1 अनि 2 दिसम्बरको दिन अगरतलाको सुकन्त अकादमी हलमा
भारतका मान्यताप्राप्त 24 वटा भाषाहरूका प्रतिनिधि साहित्यकारहरूलाई लिएर उक्त
कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा नेपाली भाषालाई प्रतिनिधित्व गर्ने
मौका युवा कवि पुष्कर सिङ्गरलाई प्राप्त भएको थियो। सोहि अवसरमा सिङ्गरले भारतेली
नेपाली भाषा साहित्यको प्रतिनिधित्व गर्दै नेपाली अनि हिन्दी गरेर कूल 5 वटा
कविताहरू वाचन गरेका थिए।
कार्यक्रममा पुष्कर सिङ्गरले पठन गरेका पाँचैवटा कविताहरूले
प्रशस्तै प्रशंसा प्राप्त भएको छ। उनले कार्यक्रममा कता वाचन गरेपछि अन्य भाषाका
प्रतिनिधि साहित्यकारहरूसितै उपस्थित अतिथि एवं दर्शकहरूले प्रशंसासँगै बधाई दिएका
थिए।
लामो समयदेखि गीत, कविता अनि रूबाई क्षेत्रमा सशक्त कलम चलाइरहेका पुष्कर
सिङ्गरको अगावै सहयात्री (सामुहिक कविता सग्रंह-2008) अनि फूलको थप्पड़
(रूबाई-2016) प्रकाशित भइसकेका छन्। रूबाई संग्रह फूलको थप्पड़को निम्ति उनलाई
2016 मा नेपाली साहित्य सम्मेलनबाट प्रदान गरिने प्रेम शेर्पा स्मृति पुरस्कारले
सम्मानित पनि गरिएको छ।
‘साहित्य अकादमीको कार्यक्रममा आफ्नो भाषा साहित्यलाई
प्रतिनिधित्व गर्ने मौका प्राप्त भयो। यस अवसरमा कार्यक्रममा प्रस्तुत गरेको
कविताले सबैबाट सकारात्मक टिप्पणी पाएँ। जसको कारण कार्यक्रममा आफ्नो भाषा
साहित्यलाई राम्ररी प्रस्तुत गर्न सके भन्ने सन्तुष्टि लागेको छ’ कार्यक्रममा
सहभागी बनेर आइपुगेका पुष्कर सिङ्गरले भने।
No comments:
Post a Comment