गफसफ.com, कालेबुङ, 6 जनवरी।
राष्ट्रिय राजमार्ग 10 अन्तर्गत 27 माइलमा बाइक दुर्घट्ना
हुँदा एक युवकको घट्ना स्थलमा नै मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। घट्ना
शनिबार साँझ 7:30 बजे भएको हो| सिलगडीबाट कालेबुङ आइरहेको बाइकमा होम्स निवासी एल.बी गुरुङ
(21) अनि तोदे ताङ्ता निवासी अनिल राई (23) सवार रहेका थिए।
पलसर बाइक W.B-79 3626 मा सवार बनेर आइरहेका उनीहरू 27 माइल एनएचपीसीको प्रोजेक्ट क्षेत्रमा प्रवेश गर्ने गेट नजिक आइपुग्दा बाइक खाल्डा पसेर लडेको थियो। त्यसै समय पछिबाट आइरहेको वाहनले बाइकको पछाडी बसेका अनिल राईलाई पेलेर लगेको बताइएको छ। जसको कारण उनको घट्ना स्थलमा नै मृत्यु भएको रम्बी पुलिसले जानकारी दिएको छ। यता बाइक कुदाउने एल.बी गुरुङलाई भने सामान्य चोटपटक लागेको छ
प्रतिकात्मक फोटो |

प्राप्त जानकारी अनुसार उनीहरू दुवै होम्स निवासी एल.बी
गुरुङको दिदीको बिहेमा आइरहेका थिए। त्यसैक्रममा बाइक दुर्घट्नामा परेको हो। दुर्घट्नाको
जानकारी पाउन साथ घट्ना स्थलमा रम्बी पुलिस आइपुगेर शवलाई उद्धार गरि रम्बी
अस्पतालमा पुर्याइएको थियो भने त्यहाँबाट पोस्टमार्टमको निम्ति कालेबुङ जिल्ला
अस्पतालमा पाठाइने भएको छ।
No comments:
Post a Comment