गफसफ.com, सिलगडी, 4 जनवरी।
बङ्गाल सफारीबाट लापत्त भएको चितुवालाई आखिरमा चारदिन पछि पक्रिन
सफल भएको छ। सचिन नाम गरेको उक्त चितुवा चारदिन अघि आफ्नो स्थानबाट भागेको थियो।
जसको कारण पर्यटकहरूको निम्ति बङ्गाल सफारी पार्क अस्थायी रूपमा बन्द गर्न परेको
थियो भने बनकर्मीहरूले थापेको खोरमा आखिर भागेको उक्त चितुवा पसेपछि पक्राउ गरिएको
हो। लापत्त चितुवा पक्रिएपछि पार्क प्रबन्धन पक्षले राहतको श्वास लिएका छन्।
वनविभागको सूत्रबाट प्राप्त जानकारी अनुसार शुक्रबार बेलुकी
लगभ्ग साँढेचार बजे उक्त लापत्त चितुवा विभागले थापेको खोरमा फर्किएको थियो। खोरमा
चितुवाको निम्ति खानेकुराको व्यवस्था गरेको कारण उक्त लापत्त चितुवा आखिरमा खोरमा
पसेको हो।
लापत्त भएदेखि नै पार्कको सम्पूर्ण क्षेत्रहरूला जोडतोडले
खोज्दा समेत पत्तो लाग्न नसकेको उक्त चितुवा आखिरमा खोरमा पसेर पक्राउ गर्न सकेपछि
सबैको निम्ति शान्ति मिलेको छ। उक्त चितुवालाई पक्रिने क्रममा केहि बनकर्मीहरू
घाइते समेत भएको थाह लागेको छ। अचानक बनकर्मीहरूले लापत्त बनेको सचिन नाम गरेको
चितुवा खोरमा फर्किन्दै गरेको देखेपछि उनीहरू तैनाथ बसेका थिए।
चितुवा खोरमा राखेको भोजन खानको निम्ति खोरमा पस्नसाथै
बनकर्मीहरूले खोरको गेट बन्द गरिदिएका थिए। पक्रा परेपछि पशु चिकित्सकवर्गले
चितुवाको स्वास्थ्य जाँच कार्य सुरु गरेको छ भने पछिबाट उक्त सफारी पार्कबाट निकालेर
सुरक्षित ठाउँमा लगिएको थाहा लागेको छ।
उक्त चितुवा अचानक सफारी पार्कबाट लापत्त बनेपछि चारैतर्फ
खोजि अभियान सुरु गरिएको थियो। यसक्रममा खोजि अभियानमा 4 वटा हाती, ड्रोन क्यामेरा अनि सयभन्दा अधिक बनकर्मीहरू
खटाइएको थियो भने लगभग 80 घन्टापछि चितुवालाई पक्रिन सफल बनेको छ।
No comments:
Post a Comment