गफसफ.com, दार्जीलिङ 17
जनवरी।
प्राथमिक पाठशालामा अचेल नानीहरू
होइन भैँसीको पाडोहरू छन्। जसको कारण गाउँका नानीहरू अन्यत्र गाउँका पाठशालामा जान
पर्छन्। सन् 1995 मा स्थापित राङभाङ तामाकोसी स्थित ज्ञानोदय प्राथमिक पाठशालाले
सरकारी मान्यता त पाएन नै तर, स्थापनाको 24 वर्ष बित्दा नानीहरू होइन भैसीको
पाडोहरू बस्ने गोठ भने बन्न पुगेको छ। जुन दृष्यले प्राथमिक पाठशाला प्रति सरकारको
उदासिन नीतिको पोल समेत खुलेको छ।
ज्ञानोदय प्राथमिक पाठशालाको श्रेणी कक्षामा भैँसीको पाडो |
सन् 1995-मा लगभग 45 जना
विद्यार्थी पढ्ने ज्ञानोदय प्राथमिक पाठशालामा दार्जीलिङ शहरदेखि केवल 35 किलोमिटर
टाडामा अवस्थित छन्। जुन प्राथमिक पाठशाला पोख्रेबुङ मुनि राङभाङ तामाकोसीमा
अवस्थित छ। जुन पाठशालाको कक्षाहरूमा नानीहरू पडीरहेका दृष्य होइन तर, भैँसीका
पाडोहरू बस्ने ठाउँ बनेको छ।
एक समय शिक्षाको क्षेत्रमा गौरव
मान्ने दार्जीलिङको एउटा प्राथमिक पाठशालाको यस्तो अवस्थाले यहाँको राजनैतिक
इच्छाशक्ति र अव्यवस्थित प्रशासनिक व्यवस्थाको पनि पोल खोलिएको छ। ज्ञानको उदय
हुने पाठशालाको नाउँ नै हो ‘ज्ञानोदय’। यस प्राथमिक पाठशालामा सन् 2012-सम्म
विद्यार्थीहरूले ज्ञान लिने कार्य गरेपनि त्यसपछि भने ज्ञानोदय प्राथमिक पाठशाला ‘भैँसी
गोठ’ मा परिणत भएको छ।
ज्ञानोदय प्राथमिक पाठशालाको दृष्य |
स्मरण रहोस्, सन् 1995-मा दार्जीलिङ
गोर्खा पार्वत्य परिषद (दागोपाप)-को कार्यकालमा तत्कालीन अध्यक्ष सुवास घिसिङको
निर्देशमा उक्त प्राथमिक पाठशाला भवनको निर्माण भएको थियो। जुन पाठशालामा यस
वरिपरि गाउँका 45 जना विद्यार्थीले शिक्षार्जन गर्न थालेका थिए।
उक्त पाठशालामा गाउँका 4 जना
शिक्षित बेरोजगार युवाहरूले स्वयंसेवी शिक्षकका रूपमा बिना पैसा नै सन् 2012-मा
विद्यार्थीहरूलाई शिक्षा प्रदान गरे पनि उनीहरूको नि:शुल्क शिक्षा दानमा भविष्य नै
ढुब्न लागेपछि आखिरमा वैकल्पिक व्यवस्था गर्न परेको हो। त्यतिञ्जेल पाठशालाले सरकारी
मान्यता नपाउँदा अनि संवयसेवी शिक्षकहरूको भविष्य सुरक्षित नहुँदा उनीहरूले
वैकल्पिक व्यवस्था अप्नाएपछि ‘ज्ञानोदय प्राथमिक पाठशाला’ ‘भैँसी गोठ’ मा परिणत
भएको हो।
उसै त गाउँमा प्राथमिक पाठशालाको
निर्माणपछि सरकारी मान्यताको निम्ति गाउँका मानिसहरू दौडधुप गरेकै हुन्। दागोपापदेखि
लिएर जीटीए (गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-का शीर्ष अधिकारीवर्ग सम्मलाई
पत्राचार पनि गरेकै हुन्। तर न यो पाठशालाले सरकारी मान्यता पायो, न यस पाठशालामा स्वयंसेवी शिक्षकका रूपमा कार्यरत युवाहरूले
स्थायी शिक्षकका रूपमा काम गर्ने अवसर नै पाए। फलस्वरूप, बेरोजगारको चपेटमा परेका यी युवाहरूले यस पाठशालामा
विद्यार्थीहरूलाई शिक्षादान गरेर आफ्नै जीवन बर्बाद गर्न चाहेनन्। यसैले उनीहरू
सबैले एकसाथ 2012-मा यो पाठशाला छोडिदिए अनि नोकरीको लागि अन्यत्र पलायन भए।
नि:शुल्क शिक्षादान गर्ने
स्वयंसेवी शिक्षहरूले अध्यापन कार्य छोडेपछि उक्त पाठशाला पूर्णरूपले बन्द भएको
हो। जसको कारण हालमा गाउँका स-साना नानीहरू अन्य प्राथमिक पाठशालामा जान परिरहेका
छन्। गाउँमा नै भएको पाठशालामा पढाउने कोही नभएपछि गाउँलेहरूले तत्कालीन जीटीए
अध्यक्ष विमल गुरूङसमक्ष पनि गुहार लगाए। तर न यो पाठशालाले सरकारी मान्यता पायो, न विद्यार्थीहरू नै पढ्न पाए।
यसै पाठशालामा भुइँ कक्षादेखि चौथो
श्रेणीसम्म पढेर शिक्षाको शुरूआत गर्ने राङभाङ गाउँ निवासी रवी योल्मोले यस
पाठशालाको वर्तमान अवस्थामाथि दुःख व्यक्त गर्दै यो पाठशालालाई जीटीएले पुनः
खोलिदिएको उचित हुने बताएका छन्। उक्त पाठशाला सञ्चालनमा आए गाउँका गरीब जनताका
नानीहरूले आफ्नो शिक्षाको शुरूआत आफ्नै घरमा गर्न सक्ने थिए भन्ने उनको बिचार
रहेको छ।
‘दार्जीलिङ पहाडमा विगतमा धेरैवटा
प्राथमिक पाठशालाले सरकारी मान्यता पायो। धेरैवटा प्राथमिक पाठशालाको स्थापना पनि भयो अनि धेरै शिक्षक-शिक्षिकाको
नियुक्ति भयो। तर, ज्ञानोदय प्राथमिक पाठशालाले कहिले न्याय पाएन’ रवी योल्मोले अझ
भने –‘यस पाठशालालाई पुनः सञ्चालनमा ल्याएर यहाँ स्थायी शिक्षक-शिक्षिकाको
नियुक्ति भए, यस गाउँका गरीब जनताको लागि ठूलो
सहयोग हुनेछ अनि यस पाठशालामा गाउँकै बेरोजगार शिक्षित युवाहरूलाई रोजगारको अवसर पनि
मिल्नेछ।’
No comments:
Post a Comment