गफसफ.com, कालेबुङ, 5 जनवरी।
उक्त हमल राती कालेबुङको मुटु मानिने डम्बर चौक नजिक भएको हो। अचानक नगराध्यक्ष रवी प्रधानमाथि हलमा हुँदा उनले आफ्नो बचाउ गर्दा अङ्गरक्षकलाई लागेर घाइते बनेका छन्। घाइते अङ्गरक्षकले कालेबुङ थानामा प्राथमिकी दर्ता गरेको छ भने पुलिसले आरोपी नगरपार्षद कुणाल प्रधानको खोजि गरिरहेको छ।
कालेबुङ नगरपालिका अध्यक्ष रवी प्रधानमाथि प्राणघातक हमला
भएको छ भने उनी भाग्यले बाँचेका छन्। नगराध्यक्ष प्रधानमाथि प्राणघातक हमला गरेको
आरोप उनकै सहकर्मी नगरपार्षद कुणाल प्रधानले गरेको आरोप लागेको छ भने उनीविरुद्ध कालेबुङ थानामा प्राथमिकी दर्ता गरिएको छ।
Ravi Pradhan (Chairman, Kalimpong Municipality) - File Photo |
उक्त हमल राती कालेबुङको मुटु मानिने डम्बर चौक नजिक भएको हो। अचानक नगराध्यक्ष रवी प्रधानमाथि हलमा हुँदा उनले आफ्नो बचाउ गर्दा अङ्गरक्षकलाई लागेर घाइते बनेका छन्। घाइते अङ्गरक्षकले कालेबुङ थानामा प्राथमिकी दर्ता गरेको छ भने पुलिसले आरोपी नगरपार्षद कुणाल प्रधानको खोजि गरिरहेको छ।
यसबारे नगरपालिका अध्यक्ष रवी प्रधानसँग सम्पर्क गरेर जान्न
चाहँदा उनले आफुमाथि प्राणघातक हमला भएको पुष्टी गरेका छन्। कालेबुङ नगरलाई
सुन्दरीकरण गर्नेक्रममा मेनरोडका भवनहरूमा एकैप्रकारका रङ्गपचेरा गर्नका निम्ति
श्यामादेवी भवनमा डाकेको सभा पछि आफुहरू फर्कने क्रममा अचानक हमला भएको प्रधानले
बताएका छन्।
‘राती श्यामादेवी भवनमा सभा सकेर निस्केका थियौँ। मेनरोडका
बिल्डिङहरूमा रङ्गपचेरा गर्ने सन्दर्भमा सभा भएको थियो। त्यहाँ फर्कनेक्रममा म अनि
मेरा गार्ड सँगै थियौँ। त्यसैबेला डम्बरचौक नजिक आइपुग्दा कुणाल प्रधान
(नगरपार्षद) अचानक आएर हमला गरे। त्यस हमलामा मेरा सुरक्षागार्ड घाइते बनेका छन्।
उनले नै कालेबुङ थानामा प्राथमिकी दर्ता समेत गरिसकेका छन्’
नगरपालिका अध्यक्ष रवी प्रधानले घट्नाको पुष्टी गर्दै भने।
No comments:
Post a Comment