गफसफ.com, कालेबुङ, 6 जनवरी।
‘जनतालाई विचल्नी बनाएर जाने
गद्दार भगौडे नेता विमल गुरुङ र टोलिलाई कालेबुङको जनता प्रतिक्षामा छैन। असमाजिक
तत्वहरूले कालेबुङको शान्ति भङ्ग गर्ने प्रयास नगरोस्’- उक्त कुरा गोजमुमो विनयत
गुटका युवा मोर्चाले कालेबुङ शहरमा दिउँदै पोस्टर टाँसेर लेखेको छ।
भूमिगत नेता विमल गुरुङको समर्थनमा अज्ञात मानिसहरूले
रातीको समय जनताको नाउँमा पोस्टर टाँसेर ‘विमल गुरुङ जिन्दावाद, विमल गुरुङ झट्ट
आउ’ भन्ने कुरा लेखेपछि त्यसको जवाब युवा मोर्चाले दिउँसै पोस्टर टाँसेर दिएको छ।
‘गोर्खाको सपना मेरो सपना हो भन्दै गोर्खाहरूको भावनासँग
खेल्ने राजनीति पहाडलाई स्वीकार छैन। पहाडको जनता अब सचेत र जागरूक भएको छ। अब उसो
पहाडमा यथार्थको राजनीतिको स्थापना भइसकेको छ। विमल गुरुङ जस्तो बगमफुसे नेताहरूको
पहाडलाई दरकार छैन’ युवा मोर्चाले पोस्टरमा लेखेको छ।
डम्बर चौक वरिपरि टाँसेको पोस्टरमा युवा मोर्चाले भारतीय
जनता पार्टीलाई पनि निशाना साधेको छ। यसक्रममा 10 वर्षसम्म गोर्खाहरूको विश्वासलाई
पटक पटक तोड्ने र खेलवाड गर्ने भाजपा र भाजपाको मोहरा विमल गुरुङलाई पहाडको जनताले
स्वीकार गर्नेछैन भनि पोस्टरमा थप लेखेको छ।
No comments:
Post a Comment