लोकसभा चुनावलाई मध्य नजर राख्दै गोर्खा जनमुक्ति मोर्चा पुल बिजबारी गोक
तथा रेलिङ कैजले समष्टि एवं हिल तृणमुल काग्रेसको संयुक्त आयोजनामा एक चुनावी
जनसभा आज बिजनबारी बजारमा सम्पन्न भएको छ। यस अवसरमा गोजमुमो अनि तृणमूल पार्टीका
नेताहरूले दार्जीलिङ लोकसभा समष्टिका प्रार्थी अमरसिँहलाई जनताले साथ दिएर संसदमा
पुर्याउनुपर्ने आह्वान गरेका थिए।
युवा मोर्चा महासचिव अरुण छेत्रीको स्वागत भाषणवाट शुरु भएको सभामा यसपटकको
चुनावमा आफ्नो पक्षको उम्मेदवार अमरसिह राईलाइ भारी मत खसाल्ने नेताहरुले आह्वान
गरे। अहिले भुमिपुत्रहरु तथा साझा उम्मेदवारको कुरा चले पनि आफ्नो बैचारिक मतभेदको
कारणले दिन नसक्नेहरुलाई भोट दिनुभनेको मैला ढवाङ्गमा हाल्नु सरह रहेको तथा पहाड बिरोधी
बीजेपीले हालसम्म धोका मात्रै दिएकोले पहाडको सर्वाङ्गीन विकास हेतु यसपटक अमरसिह
राईलाई भोट दिनुपर्ने राजेन मुखियाले बताए।
यसैक्रममा भावनामा होइन यथार्थमा आएर यसपटकको चुनावमा विवेकले घाँस फूलमा
भोट दिनुपर्ने सतिश पोख्रेलले जनतालाई आह्वान गरे। उनले आफुहरुलाई गद्दार भन्नुको
साटो गोरामुमोले आफुलाई ऐनामा हेर्नुपर्ने बताउँदै पोखरेलले १०५ दिनको पहाड बन्दमा
केही नबोल्ने बीजेपीले पहाडको निम्ति केही गर्ला भन्नु हास्याँस्पद रहेको बताए।
गोर्खाल्यान्ड लिन्छु भनेर जगंल पसेको बिमल गुरुङले गोर्खाल्यान्ड लिएर आए पहाडले
स्वागत गर्ने तर खाली हात के मुख देखाएर आउने भन्ने प्रश्न पनि पोख्रेलले गरे।
अर्कोतिर यसपटकको चुनाव दिल्ली बनाम दार्जीलिङ रहेको गोजमुमो कोर कमिटी
सदस्य विक्रम राईले बताए। भारतीय जनता पार्टीको दार्जीलिङ प्रार्थी राजु बिष्टले
गोर्खाल्यान्डको निम्ति आफुलाई भोट दिनुहोस् भनी पहाड़ अनि समतलको प्रत्येक चुनावी
सभाबाट घोषणा गरेको खण्डमा आफुले पनि भोट दिने ठोकुवा महकुमा सभापति आलोक कान्तमणी
थुलुङले गरे। उक्त घोषणा बीजेपी प्रार्थीले गर्नै नसक्ने दावी गर्दै बाजेपीले केवल
झूठको भरमा दार्जीलिङ पहाड़मा राजनीति गरेको पनि उनले आरोप लगाए।
एलएम लामाको सभापतित्वमा भएको सभामा तृणमूल नेत्री शारदा राई सुब्बा, आप्पा राजेन लगायत आलोक कान्तमणि थुलुङ लगायतले सम्बोधन
गरेका थिए भने तीनैवटा समष्टिको पाटी समर्थकहरुको उपस्तिथि रहेको थियो।
No comments:
Post a Comment