लोकसभा
चुनावपछि अब दार्जीलिङ विधानसभा क्षेत्रका मतदाताहरूले आगामी 19 मई 2019 का दिन
मतदान गर्ने पुन: अवसर पाएका छन्। दार्जीलिङ विधानसभाका विधायक अमरसिंह राईले
आफ्नो पदबाट राजीनामा दिएको कारण भारतको चुनाव आयोगले उक्त पदको निम्ति उपचुनाव
गर्ने घोषणा गरेको छ।
दार्जीलिङ
विधानसभा क्षेत्रका निम्ति भारतको निर्वाचन आयोगले आगामी 19 जूनको दिन मतदान हुने
घोषणा गरेको छ भने 22 अप्रेलका दिन अधिसूचना प्रकशित गर्ने भएको छ। उक्त उपचुनावको
निम्ति 29 अप्रेलका दिन प्रार्थीहरूले नामङ्कन पत्र दर्ता गर्नु पर्ने भएको छ भने 30
अप्रेलका दिन स्क्रुटिनी हुनेछ अनि 2 मईका दिन नामङ्कन पत्र फिर्ता लिने अन्तिम
दिन रहेको छ। त्यसपछि 19 मईका दिन चुनाव सम्पन्न हुनेछ भने 23 मईका दिन मतगणना
हुने भएको छ।
No comments:
Post a Comment