दार्जीलिङ
संसदीय क्षेत्रबाट चुनावी मैदानमा ओर्लिएका राजु विष्टको चुनाव प्रचारमा भाजपा
अध्यक्ष अमित शाह भोलि कालेबुङ आइपुग्नेछन्। उनले कालेबुङको डा. होम्स स्थित
रोनाल्डसे पार्कबाट दार्जीलिङ पहाडका जनतालाई सम्बोधन गर्नेछन्। यसभन्दा अघि भाजपा
अध्यक्ष शाहको आगमनलाई लिएर भाजपा राष्ट्रिय महासचिव कैलाश बिजवर्गीयले जनसभा
स्थलको परिभ्रमण गरेर जानकारी लिएका छन्।
विजयवर्गीयले
जनसभा स्थलको परिभ्रमण पछि पत्रकारहरूसँग कुराकानी गर्दै उक्त ठाउँ सानो हुने भएको
बताएका छन्। ‘अमित शाहको जनसभामा मानिसहरू धेरै आउँछन् जसको कारण मैदान सानो हुनेछ’
विजयवर्गीयले भने। यस सम्बन्धमा उनले प्रशासनसँग बसेर चर्चा गर्ने पनि बताएका छन्।
‘भारतीय
जनता पार्टीले आफ्नो संकल्प पत्रमा गोर्खा समाजको निम्ति 11 जात गोष्ठिलाई जनजाति
बनाउने जुन संकल्प लिएका छन् यसले गोर्खा समाज उत्साहित छन्। यसका साथै भाजपाले
दार्जीलिङ पहाडमा विकासको धेरै कार्यहरू गर्न चाहन्छ। किन भने दार्जीलिङ विकासको
कार्यबाट बञ्चित छ। यसैकारण भाजपाप्रति मानिसहरू धेरै उत्साहित छन् अनि उनीहरू
धेरै संख्यामा जनसभामा उपस्थित बन्नेछन्’ विजयवर्गीयले भने।
उनले
गोर्खा समाजलाई सम्मान रहेको भन्दै गोर्खाहरूलाई न्याय मिल्न आवश्यक रहेको बताउँदै
‘गोर्खाल्याण्ड सम्बन्धमा अहिले केहि भन्न मिल्दैन’ भनेका छन्। यसक्रममा उनले
भाजपालाई जिताउन अनि राज्यबाट तृणमूल सरकारलाई फ्याँक्न जनतमा धेरै उत्साह रहेको
पनि दाबी गरेका छन्।
यसक्रममा
उनले निस्पक्ष चुनाउको निम्ति प्रत्येक बुथमा केन्द्रिय सुरक्षा बलको आवश्यक्ता
रहेको बताउँदै केन्द्रिय बल नभएको ठाउँहरूमा जनता नै सुरक्षा बल बनेर कार्य गर्ने
पनि बताएका छन्। यसक्रममा उनले बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीको परिवार
सबैभन्दा भ्रष्ट रहेको आरोप लगाउँदै – ‘पश्चिम बङ्गालमा सबैभन्दा भष्टचारी को छन्
भने त्यो ममता ब्यानर्जीको परिवार हो’ विजयवर्गीयले भने।
यसक्रममा
उनले भ्रष्टचारको जाँच गर्न जाँदा मुख्यमन्त्री ममता ब्यानर्जी आफै केन्द्र
सरकारको विरोधमा धर्नामा बसेको भन्दै स्वतन्त्रता पछि यो एउटा उदेकलाग्दो घट्ना
रहेको बताए। आफुले भारत स्वाधीन भएपछि अहिलेसम्म यस्तो घट्ना नदेखेको बताउँदै यो
केवल ममता ब्यानर्जीकै सरकारमा मात्र भएको पनि बताए। जसको कारण जनताले यी सबैकुरा
देखेको कारण जनताले परिवर्तनको मन बनाएको दाबी गर्दै लोकसभाको परिणामले सबै
आश्चर्यचकित हुने पनि दाबी गरे।
No comments:
Post a Comment