गोर्खाल्याण्ड आन्दोलनमाको क्रममा पक्रा परेर आफ्नो खुट्टा समेत
भाँचेका पूर्व सभासद सुनिल प्रधानले तृणमूल कङ्ग्रेसको झण्डा ग्रहण गरेका छन्। तृणमूल
कङ्ग्रेसका नेता एवम् मन्त्री अरूप विश्वासको बाहुलीबाट पूर्व सभासद प्रधानले आज
तृणमूल कङ्ग्रेसको झण्डा ग्रहण गरेर लोकसभा चुनाव अघि आफ्नो दल परिवर्तन गरेका
हुन्।
गोजमुमो विमल गुट त्यागेर तृणमूल कङ्ग्रेसमा सामेल भएका पूर्व सभासद सुनिल
प्रधानले तृणमूल कङ्ग्रेसको विकासको मन्त्रलाई आत्मासाथ गरेर आफु उक्त पार्टीमा
सामेल बनेको बताएका छन्। यसक्रममा उनले हाम विमल गुरुङसँग आफु सम्पर्कमा नरहेको
भन्दै विमल गुरुङ पहाड फर्कन सक्ने नसक्ने सबै कानुनी प्रक्रिया रहेको बताएका छन्।
स्मरण रहोस्, छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा भूमिगत
नेता विमल गुरुङले थालेको डुवर्स चलो अभियानको क्रममा सुनिल प्रधानलाई पुलिसले
पक्राउ गरेको थियो। यसै अवधी उनको खुट्टा समेत भाँच्चिएको थियो।
No comments:
Post a Comment