दार्जीलिङ
लोकसभा आसनबाट भाजपा प्रार्थी राजु विष्टको जीत प्राय निश्चित भएको छ। अहिलेसम्मको
मतगणनापछि राजु विष्टले 1 लाख 91 हजार 368 भोटले अघि रहेका छन्। उनले यसपल्ट गत
2014 को लोकसभा चुनावमा सांसद एस.एस आहलुवालीयाको जितको रेकर्डलाई पनि पार गर्ने
निश्चित बनेको छ। यसभन्दा अघि एस.एस आहलुवालीयाले 2014 मा केवल 1 लाख 97 हजार 239
भोटको मार्जिनले बिजयी बनेका थिए भने यसपल्ट राजु विष्टले उक्त रेकर्ड तोड्ने
स्पष्ट छाँट बनिसकेको छ।
अहिलेसम्मको
मतगणनामा भाजपा प्रार्थी राजु विष्टले मोठ 3 लाख 11 हजार 541 भोट पाएका छन् भने
तृणमूल प्रार्थी अमरसिंह राईले केवल 1 लाख 20 हजार 173 भोट पाएका छन्। भाजपा
प्रार्थी राजु विष्टको जित निश्चित बनेपछि यता दार्जीलिङ पहाडमा बिमल गुरुङ समर्थकहरूले
उक्त खुशीयाली मनाउँदै राजु विष्ट जिन्दावाससँगै विमल गुरुङ जिन्दावासको नाराबाजी
समेत लगाउन थालेका छन्।
No comments:
Post a Comment