गुवाहटी
जू रोड स्थित एउटा मलको बाहिर ग्रिनेड बिस्फोट गरिएको छ भने उक्त बिस्फोटको
घट्नामा 6 जना गम्भीर घाइते भएका छन्। न्यूज एजेन्सी एएनआई-को रिपोर्ट अनुसार आसमको
राजधानी गुवाहटीमा भएको उक्त विस्फोटले आतङ्कको वातवरण छाएको छ। बिस्फोट पछि घट्ना
स्थललाई पुलिसले घेराबन्दी गरेको छ भने घाइतेहरूलाई गुवाहटी मेडिकल कलेज एवम्
अस्पतालमा भर्ना गरिएको छ।
गुवाहटी
पुलिस कमिश्नर दीपक कुमारले ग्रिनेड धमाकाको जानकारी दिँदै शहरको जू रोड स्थित
एउटा मल बाहिर राती 8 बजे ग्रिनेड धमाका भएको पुष्टि गरेका छन् भने उक्त विस्फोटमा
कम्तीमा 6 जना घाइते भएको उनले बताएका छन्। यता उक्त बिस्फोटको घट्नालाई लिएर जाँच
एजेन्सीहरू सक्रिय बनेका छन्।
No comments:
Post a Comment