सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष प्रेमसिंह तामाङ (पीएस
गोले) ले सिक्किम राज्यको मुख्यमन्त्रीको रूपमा गोपनीयताको सपथ ग्रहण गरेका छन्।
राजधानी गान्तोक स्थित पाल्जोर स्टेडियम आयोजित कार्यक्रममा उनले नेपाली भाषामा
सपथ ग्रहण गरेका हुन्। राज्यका माननीय राज्यपाल गङ्गा प्रसादले मुख्यमन्त्री पीएस
गोले लगायत उनका क्याबिनेट मन्त्रीहरूलाई गोपनीयताको सपथ दिएलाएका हुन्।
मुख्यमन्त्री पदका निम्ति गोपनीयताको सपथ ग्रहण गर्दै पी.एस गोले |
सर्वप्रथम सिक्किम सरकारका मुख्य सचिव एके श्रीवास्तवले माननीय
राज्यपालद्वारा सिक्किमका मुख्यमन्त्री नियुक्ति गरिएको पत्र पठनपछि सपथ ग्रहण
समारोहलाई अघि बडाउँदै मुख्यमन्त्री पद अनि अन्य मन्त्रीपदका निम्ति गोपनीयताको
सपथ दिलाएका हुन्। यस अवसरमा कार्यक्रममा राज्यका अतिरिक्त मुख्य सचिव, मुख्य सचिव
विभिन्न विभागीय प्रमुखसँगै सिक्किमका जनताको व्यापक सहभागीत रहेको थियो।
यता मुख्यमन्त्री पदको गोपनीयताको सपथ ग्रहण गरेपछि मुख्यमन्त्री
पीएस गोलेले सम्पूर्ण सिक्किमे जनतालाई बधाई दिएका छन्। - ‘सिक्किमे जनताले सिक्किम
क्रान्तिकारी मोर्चालाई विश्वास राखेर जुन प्रकारले सरकार चलाउने अनुमति दिए त्यस
अनुरूप हामी काम गर्नेछौँ’-पीएस गोलेले अझ भने –“सिक्किममा अब भोटे, लाप्चे नेपाली
अनि सम्पूर्ण व्यापारीहरू एक भएर बाँच्न पाउनेछ र सिक्किममा एकदमै शान्ति कायम हुनेछ
अनि सम्पूर्ण सिक्किमे जनताको विकाश हुनेछ।’
No comments:
Post a Comment