दार्जीलिङ
विधानसभा उप-चुनाव मोठ 321 मतदान केन्द्रहरू सम्पन्न भइरहेको छ। बिहान 11:30 बज्दा
उक्त सम्पूर्ण मतदान केन्द्रहरूमा गरेर 29 प्रतिशत मतदान भएको छ। यसक्रमममा गोर्खा
जनमुक्ति मोर्चा पार्टी (विमल गुट) बाट राजीनामा दिइ यसपल्ट निर्दलीय प्रार्थीका
रूपमा चुनावी मैदानमा ओर्लिएका स्वाराज थापाले भाजपा प्रार्थी निरज जिम्बा अनि
गोजमुमो विनय समुहले चुनाव आचार संहिता उल्लंघन गरेको आरोप लगाउँदै चुनाव आयोगमा
अभियोग दर्ता गरेका छन्।
निर्दलीय
प्रार्थी स्वाराज थापाले आफ्नो मताधिकारको प्रयोग गरेपछि विभिन्न ठाउँहरूको भ्रमण
गर्ने क्रममा भाजपा प्रार्थी निरज जिम्बा लगायत भाजपाका चुनाव एजेन्टहरू कतिपय
बुथहरूमा चुनाव आचार संहिता भङ्ग गरेको भेटेपछि भारतको निर्वाचन आयोग, पश्चिम
बङ्गाल निर्वाचन आयोगलाई लिखित अभियोग दर्ता गरेको बताएका छन्।
‘धेरै
बुथहरूको भ्रमणक्रममा धेरै ठाउँहरूमा उल्लंघन भइरहेको थियो। भाजपा प्रार्थी निरज
जिम्बाले आफ्नो वाहनमा भाजपाको चुनाव चिन्ह भएको वाहनमा हिँडीरहेको अनि भाजपा
चुनाव एजेन्टहरूले बुथभित्रै भाजपाको चिन्ह भएको परिचय पत्र लगाएर बसेका थिए। यो
चुनाव आचान संहिताको उल्लंघन हो। जसबारे मैले चुनाव आयोगसमक्ष लिखित अभियोग दर्ता
गरेको छु’- स्वराज थापाले भनेका छन्।
यसैक्रममा
उनले गोजमुमो विनय तामाङका समर्थकहरूले पनि दार्जीलिङ ब्लूमफिल्ड पुलिङ बुथ नजिक विनय
तामाङको चुनाव चिन्ह लिएर बुथ नजिक बसिरहेको बताउँदै जसले इष्पक्ष चुनावलाई
प्रभावित पारेको भन्दै चुनाव आयोगलाई अभियोग दर्ता गरेको बताएका छन्। उनले जनतालाई
निष्पक्ष चुनावको निम्ति सहभागी बनिदिने अपिल गर्द सम्पूर्ण जनताले आफ्नो
मताधिकारको प्रयोग गर्न अग्रसर बन्नुपर्ने आह्वान गरेका छन्।
No comments:
Post a Comment