दार्जीलिङ
विधानसभा उपचुनावमा निर्दलीय प्रार्थी बनेर चुनावी मैदानमा ओर्लिएकी तृणमूल नेत्री
सारदा राई सुब्बालाई पार्टीले निष्कासित गरेको छ। तृणमूल कङ्ग्रेस पार्टीले
अघिबाटै गोजमुमो अध्यक्ष एवम् निर्दलीय प्रार्थी विनय तामाङलाई समर्थनको घोषणा गरेपछि
पार्टीको आदेशलाई अवमान्य गर्दै निर्दलीय प्रार्थीको रूपमा चुनावी मैदानमा ओर्लिने
सारदा राई सुब्बालाई आज पार्टीले 6 वर्षको निम्ति निष्कासित गरेको छ।
तृणमूल
कङ्ग्रेस पार्टीका महासचिव अरूप विश्वासले सारदा राई सुब्बालाई पार्टीले निष्कासित
गरेको पत्र सार्वजनिक गरेका छन्। पार्टीको अनुशासन समितिले दार्जीलिङ हिल तृणमूल
कङ्ग्रेसकी सारदा राई सुब्बालाई सर्वसहमैतिले आगामी 6 वर्षको निम्ति पार्टी विरोधी
कार्यको निम्ति निष्कासित गरिन्छ’ उक्त निष्कासित गरिएको पत्रमा लेखिएको छ। यसका
साथै पार्टीले अब उसो सारदा राई सुब्बासँग पार्टीको कुनै सम्बन्ध नरहेको पनि
स्पष्टिकरण दिएको छ।
स्मरण
रहोस, हिल तृणमूल नेत्री सरादा राई सुब्बाले दार्जीलिङ विधानसभा उपचुनावको निम्ति
नामङ्कन पत्र दर्ता गरेकी छन् भने उनले अन्तिम दिनसम्म पनि आफ्नो नामङ्कन पत्र
फिर्ता लिएनन्। अर्कोतिर तृणमूल कङ्ग्रेस पार्टीले अघिबाट विनय तामाङलाई समर्थनको
घोषणा गर्दा गर्दै यता सार्दा राई सुब्बाले भने नामङ्कन पत्र दर्ता गर्नाले
उनीमाथि कार्वाही हुन हिल तृणमूल अध्यक्ष एल.बी राईले अघिबाटै जानकारी गराएका थिए।
यसैक्रममा आज उनलाई पार्टीले कार्वाही गर्दै पार्टीबाटै निष्कासित गरेको छ।
No comments:
Post a Comment