‘गोर्खाल्याण्डको
निम्ति यदि भाजपा साच्चै इमान्दार छन् भने भाजपा प्रार्थी राजु विष्टलगायत बङ्गालका
अन्य 17 जना सांसदहरूले केन्द्रिय गृहमन्त्रीलगायत प्रधानमन्त्रीलाई पत्राचार
गरून् अनि बङ्गालका 18 जना सासंदहरूले लोकसभामा गोर्खाल्याण्डको विधेयक पारित गरेर
देखाउन्। यसो गरेको खण्डमा राजु विष्टले मलाई जीटीए चेयरम्यानको चौकीबाट राजीनामा
दिन दबाउ दिइरहन पनि पर्नेछैन। गोर्खाल्याण्डको निम्ति यदि राजु विष्टहरूले यति
काम गरेको खण्डमा म पनि सहर्ष जीटीए चेयरम्यानको पदत्याग गरेर जीटीए भङ्ग
गर्नुपर्ने मागमा अघि आएको हुनेछु’ – उक्त कुरा जीटीए बोर्ड अध्यक्ष अनित थापाले
भनेका हुन्।
उनले
गोर्खाल्याण्ड गठनको निम्ति सांसद राजु विष्ट लगायत भाजपालाई चुनौति दिँदै आफुहरू
सधैँ गोर्खाल्याण्डको पक्षधर रहेको पनि स्पष्ट पारेका छन्। ‘गोर्खाल्याण्ड मेरो
पनि मनको आवाज हो। मेरो चाहना हो। म पनि गोर्खाल्याण्डको निम्ति जेलबन्दी समेत
बनेको हुँ। मैले कहिल्यै गोर्खाल्याण्डको विरोध गरेको छैन, मेरो
विरोध गोर्खाल्याण्ड माग्ने तरीकासित हो। मेरो विरोध गोर्खाल्याण्डको नाममा हुने
गरेको अगणतान्त्रिक क्रियाकलापहरूसित हो’ अनित थापाले भनेका छन्।
यसक्रममा
उनले गोर्खाल्याण्डको सपना देखाएर गोर्खाहरूको सांसद बनेको भाजपा प्रार्थी राजु
विष्टले चुनाउभन्दा अघि महाकाल बाबाको कसम खाएर गोर्खाल्याण्ड राज्य गठन गरेरै
छोड्ने चौरास्ता परिसरबाट जनतासामु खुल्लारूपमा कसम खाएका हुन् भन्दै बिष्टले
यसबेला टीका- टिप्पणी गरेर समय बर्बाद गर्नुभन्दा महाकाल बाबाको कसम पूरा गर्ने
पनि थापाले सुझाउ दिएका छन्।
यसक्रममा
उनले केहिदिन अघि जीटीएको चुनाव हुनपर्छ भन्ने सांसद राजु विष्टको बयानप्रति पनि
प्रतिक्रिया गरेका छन्। ‘अहिलेघरि राजु विष्टले पनि महाकाल बाबाको कसम अनि
पहाडवासीई दिएको वचन भुलेर समतलमा आएर जीटीएको चुनाउ गर्नुपर्छ भनिरहेका छन् भने
फेरि पहाडमा चडेर फेरि जीटीए भगं गर्नुपर्छ भनेर दुइमुखे कुरा गरिरहेका छन्। अर्थात्
राजु विष्टले पनि जसवन्त सिहं अनि एसएस आहलुवालियाले झै छेपारे नीति शुरू गरिसकेका
छन्’ अनित थापाले भनेका छन्।
यसका
साथै अनित थापाले यता विमल गुरूङले अझै पनि आफू गोर्खाल्याण्डको निम्ति प्रतिवद्ध
रहेको र गोर्खाल्याण्ड राज्य गठन गरेरै छोडने कुरा गरिरहेका बताउँदै यता राजु
विष्टले बङ्गालभित्रकै कुनै व्यवस्थालाई नै पर्मानेन्ट सल्यूसन भनेर थोप्ने संकेत
दिइरहेको पनि आरोप लगाएका छन्।
‘भाजपाले
गोर्खाहरूको गुण तिर्ने सोचेको छ भने अथवा आफै पनि गोर्खा भएको नाताले साच्चै इमान्दार
छ भने राजु विष्टले बङ्गाल विभाजन गरेर गोर्खाल्याण्ड राज्य निर्माण हुनेछ भनेर
खुल्ला भनुन्। यदि कुरा घुमाएर वा जनताको आँखा छलेर बङ्गालभित्रकै व्यवस्थालाई
पर्मानेन्ट सल्यूसन भनेर गोर्खाहरूलाई थोप्ने हो भने विगतका टुरिस्ट सांसद जसवन्त
सिहं, एसएस
आहलुवालिया र राजु विष्टमा कुनै फरक रहनेछैन’ अनित थापाले भनेका छन्।
No comments:
Post a Comment