कालेबुङ
जिल्ला अधिनस्थ रहेको प्रबिङटार ग्राम पञ्चायत क्षेत्रमा पर्ने मुङपेल बस्तीमा
एउटा पूल भत्कन्दा दुईजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। उक्त
दुर्घट्ना आइतबार भएको हो। प्राप्त जानकारी अनुसार मुङपेल बस्तीलाई तन्याङ अनि
राते बस्तीसँग जोड्ने उक्त पूल सम्बन्धित विभागको नजरमा नपरेपछि गाउँलेहरू आफै
मरमती गर्न अघि आएका थिए। वर्खाको समयमा बिपद्को सामना गर्न नपरोस भनेर
गाउँलेहरूले पूल मरमती गर्ने कार्यमा जुटिरहेकै समय पूलको आधा हिस्सा नै चुँडिर
झर्न पुगेको हो।
उक्त
पूलको आधा हिस्सा चुँडिएर झरेपछि ऐतराज राई (23) को घट्ना स्थलमा नै मृत्यु भएको छ
भने टेक बहादुर सुब्बा (52) को कालेबुङ अस्पतालमा मृत्यु भएको छ। यसका साथै उक्त
दुर्घट्नामा परेर पाँचभन्दा धेर घाइते भएका छन्। दुर्घट्नापछि मानिसहरूले तत्कालै
घाइतेहरूलाई उद्धार गर्ने कार्य गरेका थिए। यता पूलको आधा हिस्सा नै चुँडीएर भुँइमा
झरेपछि गाउँलेहरू झनि बिपदमा परेका छन्।
No comments:
Post a Comment