नेशनल
गोर्खाल्याण्ड कमिटि (एनजीसी)-का प्रतिनिधी टोलिले नव निर्वाचित सांसद राजु
विष्टसँग दार्जीलिङमा भेट गरेको छ। एनजीसीका उपाध्यक्ष त्रिलोक देवानको नेतृत्वमा
रहेको प्रतिनिधी टोलिले सांसद राजु विष्टसँग भेट गरेर जितको निम्ति बधाई दिँदै भारतीय
जनता पार्टीले चुनाव अघि संकल्प पत्रमा गोर्खा समुदायका 11 जात गोष्टिलाई जनजातिको
मान्यता दिने अनि गोर्खाहरूका स्थायी राजनैतिक समाधान गर्ने भनिएको बाचालाई पुरा
गर्नुपर्ने बताएका छन्।
नव
निर्वाचित सांसद राजु विष्टसँग भेटघाट पछि गफसफ-सँगको कुराकानीमा एनजीसीका उपाध्यक्ष
त्रिलोक देवानले वितेको लोकसभा चुनावमा भाजपालाई मुद्दाको आधारमा पहाडका राजनैतिक
दलहरूसँगै एनजीसीले समेत समर्थन गरेको बताउँदै अब सांसदले दिल्लीमा आफ्नो काम
गर्नुपर्ने बताएका छन्। ‘सर्वप्रथम हामीले सांसदलाई बधाई दियौँ त्यसपछि चुनाव अघि
भाजपाले आफ्नो संकल्प पत्रमा गोर्खाहरूलाई गरेको बाचा अब सांसदले पुरा गर्ने कार्य
गर्नुपर्ने माग गरेका छौँ’ त्रिलोक देवानले भने।
‘भाजपाको
संकल्प पत्रमा 11 जातगोष्ठिलाई जनजाति बनाउने अनि स्थायी राजनैतिक समाधानको कुरा
उल्लेख गरिएको छ जसलाई हामीले सांसद समक्ष स्मरण गराउँदै झट्टै यसबारे पहल
गर्नुपर्ने सुझाव राखेका छौँ। यसका साथै एनजीसीले छुट्टै राज्य गोर्खाल्याण्ड
गठनको निम्ति पनि सांसद समक्ष कतिपय मुख्य बुँदाहरू राख्यौँ। यसक्रममा सांसद
बिष्टले हामीलाई सकारात्मक पहल गर्ने आश्वासन दिएका छन्’ त्रिलोक देवानले भने।
यसक्रममा उनले एनजीसीका अध्यक्ष अप्रा. ले.जेनरल शक्ति गुरुङ अनि महासचिव मुनिष
तामाङले पनि सांसद विष्टलाई आगामी दिनमा दिल्लीमा भेट गर्ने कार्यक्रम रहेको
बताएका छन्।
राम्रो कुरा । सबै भाषा-भाषीका अा अाफनै राज्य हुनसक्छ भने हाम्रो किन हुँदैन ? समय उचित छ केवल सहकार्यकाे अावश्यकता चाहिएको छ ।
ReplyDelete