गफसफ.com, कालेबुङ, २७ जुलाई।
गोजमुमो पार्टीका संस्थापक अध्यक्ष एवम् भूमिगत नेता विमल
गुरुङले सहिद दिवसको अवसरमा गोर्खाल्याण्ड आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली
दिएका छन्। उनले एक प्रेस विज्ञप्ती जारी गरेर सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण
गर्दै सहिदहरूलाई साक्षी मानेर माटोको संवैधानिक उन्मुक्तिको निम्ति संकल्प
गर्नुपर्ने दिन रहेको बताएका छन्।
वितेको पछिल्लो गोर्खाल्याण्ड आन्दोलनको क्रममा सन् 2017
देखि नै भूमिगत अवस्थामा रहेका विमल गुरुङले सहिदलाई श्रद्धाञ्जली अर्पण गर्ने
क्रममा 27 जुलाई 1986 लाई स्मरण गर्दै गोर्खाल्याण्ड आन्दोलन असंवैधानिक होइन
भनेका छन्।
‘भारतीय गोर्खाहरूको नागरिकतालाई विवादित उभ्याउने
भारत-नेपाल सन्धिको धारा ७ को विरुद्द भेला भएका जनतामाथि निर्ममतापूर्वक सत्ताले
गोलि चलाउनु भनेको हामीलाई व्यवस्थाले नै राष्ट्रिय मूलधारामा आउनुबाट बाधित गर्नु
थियो|
गोर्खा जातिले यस्ता कुराहरूलाई जरैबाट बुझेको हुनुपर्छ’ विमल
गुरुङले अझ भनेका छन् –‘हाम्रो माग असम्वैधानिक होइन, हामी काँडेतार छिरेर आएका नागरिक होइनौं| हामी माटोसँगै आएका खाँटी भारतीय नागरिक हौँ अनि पूर्णरूपमा
राष्ट्रिय मुलधारामा रहेर देशको सुरक्षा अनि विकासको निम्ति काम गर्न चाहने
देशप्रेमी आन्दोलनकारीहरू हौँ| गोर्खाल्याण्ड आन्दोलन देश हीतमा छ अनि पवित्र छ।’
उनले सहिदहरूले देशहीतमा देखेको गोर्खाल्याण्डको सपना पुरा
नभएसम्म हजार षडयन्त्र पार गर्दै भएपनि आफ्नो मुद्दामा एक भएर उभिएका हुनेछौं भनि
बताएका छन्| ‘शहीद
कुनै राजनैतिक पार्टीको अस्तित्वको निम्ति हुँदैनन्, शहीद त केवल माटोको निम्ति मात्र भएका हुन्छन| त्यहि माटोको निम्ति उभिएको गोर्खा एकताले मात्रै हाम्रो
लक्ष्य हामीले पाएका हुनेछौं’ गुरुङले भनेका छन्।
No comments:
Post a Comment