नेपाली
आख्यानका विशिष्ट हस्ती हायमानदास राई ‘किराँत’को
निधनले डुवर्सका साहित्य प्रेमीहरू यतिखेर मर्माहत छन्। किराँतको निधन भएको खबर सुनेपछि
विभिन्न संघ-संस्थाहरू र उनका शुभचिन्तकहरूले गहिरो शोक प्रकट गर्दै उनको निधनले
समाजलाई अपूरणीय क्षति पुगेको ठहर गरेका छन्। डुवर्सको प्रतिष्ठित साहित्यिक
संस्था बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानले ‘किराँत’को
निधनलाई गोटा नेपाली साहित्य र हाम्रो
समाजको निम्ति अपूरणीय क्षति बताएको छ।
यसका
मूलसचिव रूपेश शर्माले 2013 मा ‘किराँत’लाई
दोस्रो बद्रीनारायण प्रधान स्मृति पुरस्कार अर्पण गरेको सम्झना गर्दै भने -‘किराँत’जस्ता
समर्पित भाषा-साहित्य सेवक एवं सिद्धहस्त कथाकारको निधनले हामीलाई गहिरो शोकमा
पारेको छ।’
यसक्रममा
डुवर्सको माउ साहित्यिक संस्था डुवर्स नेपाली साहित्य विकास समितिले पनि उनको निधनप्रति
शोक प्रकट गर्दै शोकाकूल परिवारप्रति समवेदना प्रकट गरेको छ। नेपाली आख्यानमा उनले
पुऱ्याएको योगदानलाई अतुलनीय बताउँदै डुनेसाविस अध्यक्ष सितम मोक्तानले दिवङ्गत
आत्माप्रति शान्तिको कामना गरेका छन्। हाल गोरूबथानमै रहँदैआएका सितम मोक्तानले
भने –‘उहाँको निधनले हामी टुहुरा भयौं’। यता बाग्राकोटको साहित्य परिक्रमा परिवारले
पनि किराँतको निधनप्रति गहिरो शोक प्रकट गरेको छ।
No comments:
Post a Comment