गफसफ.com, मिरिक, २६ जुलाई।
मिरिक महकुमा अन्तर्गत थर्बु चियाकमान स्थित मालिधुरामा आज
एउटा सवारी वाहन दुर्घट्ना हुँदा एक महिलाको मृत्यु भएको छ भने 14 जना घाइते बनेका
छन्। प्राप्त जानकारी अनुसार नागरी धजेबाट सिलगडी तर्फ गइरहेको सवारी वाहन
मालीधुरामा दुर्घट्नाग्रस्त भएको हो।
WB/76/4673
नम्बर रहेको उक्त सवारी सडकबाट झरेर दुर्घट्ना भएपछि वाहनमा सवार 65 वर्षिय धनमती
राईको घट्ना स्थलमा नै मृत्यु भएको हो। दुर्घट्नाको जानकारी पाउन साथै स्थानीय
मानिसहरूले घाइतेहरूको उद्धार गर्ने कार्य गरेर मिरिक खण्ड प्राथमिक स्वास्थ्य
केन्द्रमा उपचारको निम्ति पुर्याइयो भने कतिजनाको अवस्था चिन्ताजनक भएको कारण
उनीहरूलाई सिलगडी रेफर गरिएको छ। दुर्घटनाको कारण वाहनका चालक छिदेन लेप्चा सँगै
वाहनमा सवार मोठ 14 जना घाइते बनेका छन्।
No comments:
Post a Comment