गफसफ.com, डुवर्स, 4 अगस्त
दार्जीलिङ बिजनबारीमा जनमिएर डेड़ दशकदेखि डुवर्समा शिक्षक
रुपमा कार्यरत रहिआएका कथाकार अबीर खालिङका पाँचौं कृति ‘दार्जिलिङ : मेटामर्फोसिस’ पश्चिम डुवर्सको मालबजारमा विमोचन भयो। डुवर्स नेपाली
साहित्य विकास समितिको ब्यानरमा भएको विशेष समारोहमा उक्त कथासङ्ग्रह विमोचन भएपछि
प्रमुख अतिथि वरिष्ठ कवि मनप्रासद सुब्बाले भने, पाठकीय पठनले नै सिर्जनालाई कृति बनाउँछ। समाजमा पुगेपछि
सिर्जना कृति हुन्छ। अब ‘दार्जिलिङ
:मेटामर्फोसिस’ हाम्रो
हातमा आइपुग्यो’ सुब्बाले थपे –‘यसैले हामी पाठकको भूमिका महत्त्वपूर्ण हुन्छ’।
मीडियाकर्मी अजय खड़्काले सञ्चालन गरेको कार्यक्रममा ‘दार्जिलिङ :मेटामर्फोसिस’लाई वरिष्ठ कवि मनप्रसाद सुब्बा, विशिष्ट अतिथिका वरिष्ठ कवि मोहन ठकुरी लगायत युवा
समालोचकहरू सुधीर छेत्री र रूपेश शर्मा, डुवर्सका वरिष्ठ कवि इन्द्रबहादुर गुरुङ, कथाकार श्रीनारायण प्रधान, समाजसेवी जेठा सुब्बा र सर्जक अबीर खालिङको बाहुलीबाट विमोचन भयो।
कार्यक्रम सुरु हुन अघि दिवङ्गत साहित्यकारद्वय वरिष्ठ
हायमनदास राई ‘किराँत’ र सूर्यकला थापालाई श्रद्धाञ्जली अर्पण गरिएको थियो। वरिष्ठ
कवि मोहन ठकुरी लगायत वासुदेव पुलामी, निरज थापा, ज्ञानेन्द्र यक्सो, गणेश गजमेर, वेगवसन्त थापा, अभिषेक दर्नाल, उपासना भुजेल, मनिका लामा, मञ्जित सिंह, पदमा आचल, भूपेन्द्र सुब्बा, हर्कु
तामाङ, प्रकाशचन्द्र शर्मा, नवराज शर्मा, बिनु राई, सुबान नौबाग, अशोक
रोका,
अशोक विश्व, सुदर्शन तामाङ, सरिता
समदर्शी आदिले कविगोष्ठीमा कविता पाठ गरेका थिए।
समालोचक सुधीर छेत्रीले ‘दार्जिलिङ :मेटामर्फोसिस’ माथि आफ्नो विचार राख्दै डुवर्सको अभावग्रस्त जनजीवनको साथै
डुवर्सको आदिवासी जन-जीवनमाथि पनि राम्रा कथा लेखिएको बताए। उनले अबीर खालिङले भाषालाको
सौन्दर्य र कल्पनाशीलतामाथि बढ़ी जोड़ दिएको बताए।
समाजको सतही रुपको संरचनात्मक परिवर्त्तन आमूल
परिवर्त्तनभन्दा भिन्न हुने बताउँदै समालोचक रूपेश शर्माले ‘दार्जिलिङ : मेटामर्फोसिस’को सन्दर्भमा डुवर्सको नेपाली कथाको विकासक्रममाथि प्रकाश
पारे। कोशिश गरे। ‘दार्जिलिङ
:मेटामर्फोसिस’मा
दार्जीलिङको आमूल परिवर्त्तनको अपेक्षा गरिएको भन्दै भने, डुवर्समा कथालेखनको परम्परालाई डकुमेन्टेशन गर्न बाँकी नै
छ। शर्माले अबीर खालिङको भूंमिका डुवर्सले
विकास गरिरहेको प्रतिनिधिमूलकतालाई नयाँ उचाईमा पुऱ्याउन अग्रणी रहिआएको समेत
बताए।
प्रतिशोध एउटा तिरस्कारको (बालोपन्यास)-1982, बालुवाको पहाड़(कथासङ्ग्रह) -1987, अबीरानुभूति(कविता सङ्ग्रह)-1995, अक्षर-उत्सव(कविता सङ्ग्रह)-2007 कृतिहरूको प्रकाशन
गरिसकेका अबीर खालिङले आफ्नो पाँच मिनटको सम्बोधनमा भने, आफूले लेखेका कथाबारे आफैंले बढ़ी बोल्न खतरा हुने बताए।
डुवर्सको धेरै संघ-संस्थाहरूसित संलग्न रहँदैआएका खालिङले
भावुकताको साथ आफू डुवर्समा केवल पेट पाल्न मात्रै नआएको र यहाँ आफूले सकेजति काम
गर्ने कोशिश गरिरहेको बताए। समारोहमा अध्यक्षीय सम्बोधन अवधि सितम मोक्तानले अबीर
खालिङको संलग्नताबाट डुवर्स नेपाली साहित्य विकास समितिले थप गति पाएको अनि
डुव्रसलाई पहाड़सित जोड़्ने क्रममा पनि खालिङको भूमिका सक्रिय रहँदैआएको बताए।
No comments:
Post a Comment