देशको सुरक्षामा पुन एकचोटी गोर्खा जवानले आफ्नो प्राण
आहुती दिएका छन्। जम्मु काश्मीरको लाइन अफ् कन्ट्रोलमा जलपाईगडी निवासी गोर्खा जवान
नायक राजीव थापा सहिद भएका छन्। पाकिस्तानी सेनाले सिमा पारीबाट गरेको गोलीबारीमा नायक
राजीव थापा सहिद भएका हुन्। देशको सुरक्षामा तैना रहेका नायक राजीव थापा जलपाईगडी
जिल्ला अधिनस्थ मैचपुरा गाउँका बासिन्दा रहेको थाह लागेको छ। लाइन अफ् कन्ट्रोल
नजिक नौसेरा सेक्टर अन्तर्गत आफ्नो कार्यमा तैना रहेकै समय सिमा पारिबाट
पाकिस्तानी सेनाले सिजफायरको उल्लंघन गर्दै गोलिबारी गर्दा उनी गम्भीर घाइते भएका
थिए भने पछिबाट उनी सहिद बनेका छन्।
Naik Rajib Thapa - File Photo |
सिमा पारिबाट पाकिस्तानी सेनाहरूले अचानक सिज फायरको
उल्लंघन गर्दै गोली बर्षाउन थालेपछि यता भारतीय सेनाले पनि जवाबी कार्वाही गरेको
थियो। यसैक्रममा जलपाईगडी निवासी 34 वर्षीय नायक राजीव थापालाई पनि गोली लागेर
घाइते बनेका थिए भने पछिबाट उनी सहिद बनेका हुन्।
“पाकिस्तानी सेनाले पुन: एकचोटी सिजफायरको उल्लंघन गरेको छ।
यसक्रममा नायक राजीव थापा सहिद बनेका छन्’ रक्षा मन्त्रालयद्वारा जारी बिज्ञप्तीमा
लेफ्टिनेन्ट कर्णल देवेन्द्र आनन्दले भनेका छन्। ‘उनी एकजना सहासी अनि इमान्दार सैनिक
थिए। आफ्नो सेवा अवधी देशको निम्ति उनले दिएको सर्वोच्च बलिदानलाई देशले सधैँ नमन
गर्नेछ’ कर्णल देवेन्द्र आनन्दले भनेका छन्।
No comments:
Post a Comment