पश्चिम बङ्गाल सरकारले जीटीएको कार्यकाल थप छ महिनाको
निम्ति वृद्धि गरेको छ। पश्चिम बङ्गाल सरकारको होम अनि हिल एफियर्स डिपार्टमेन्टका
अतिरिक्त मुख्य सचिव अलापन बन्धोपाध्यद्वारा हस्ताक्षरित अध्यादेश मार्फत् जीटीएको
कार्यकाल आगामी छ महिनाको निम्ति बडोत्तरी गरिएको हो। गत 16 सितम्बरको दिन
प्रकाशित गरिएको उक्त अध्यादेशमा जीटीएको मियाद गत 19 सितम्बरको समाप्त हुने अनि
जीटीए कानून 2011 को खण्ड 17(1) अनुसार थप छ महिनाको निम्ति जीटीएको कार्यकाल थप छ
महिनाको निम्ति बडोत्तरी गरिएको स्पष्ट लेखिएको छ।
सरकारले छ-छ महिनाको निम्ति जीटीएको मियाद बडाउने कार्य
गर्दै आएपनि यसपल्ट भने जीटीएको मियाद अन्तिमपल्टको निम्ति बडेको हुनसक्ने
सम्भावना रहेको छ। गोजमुमो विनय गुटले अघिदेखिनै सरकारलाई जीटीएको चुनाव
गर्नुपर्ने माग गर्दै आइरहे पनि सरकारले चुनाव भने गरेको छैन। यस्तो अवस्थामा
यसपल्ट बडेको मियाद भने अन्तिम हुनसक्ने रहेको छ। किनभने आगामी वर्ष 2020 को जनवरी
महिनामा नै सरकारले जीटीएको चुनाव गराउने मन बनाउँदै आएको सूत्रहरूले बताएका छन्।
यसबारे गोजमुमो विनय गुटले तयारी समेत गरिरहेको सूत्रको भनाई रहेको छ।
स्मरण रहोस्, विगत 2017 मा छुट्टै राज्य गोर्खाल्याण्ड
आन्दोलन चर्केपछि जीटीए प्रमुख विमल गुरुङसङ्गै सम्पूर्ण सभासदहरूले राजीनामा दिने
कार्य गरेका थिए। जीटीएले जनताको आकङक्षा पुरा नगरेको भन्दै 27 जुलाई 2017 का दिन
जीटीए सम्झौताको ख्रेसा समेत जलाउने कार्य भएको थियो। यद्यपि पछिबाट सरकारले
छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति कुनै प्रकृया अघि नसार्दा अनि केन्द्र
सरकारले समेत आन्दोलनलाई महत्व नदिएर त्रिपक्षीय वार्ता समेत नगरेपछि बङ्गाल
सरकारले आन्दोलनकारीहरू माझमा नै फाटो ल्याउन सफल बनेको थियो। सम्पूर्ण पहाडसँगै
गोर्खाहरूले देशव्यापी गोर्खाल्याण्डको आवाज उठाईरहेको समयमा अनि यता पहाडमा
पुलिसले आन्दोलनकारीहरूलाई गोलि ठोकेर हत्या गर्ने कार्य गरिरहँदा नै गोर्खा
राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) पार्टीले बङ्गाल सरकारलाई पत्रचार गरेर वार्ताको
अपिल गरेको थियो।
गोरामुमो पार्टीले वार्ताको निम्ति पत्रचार गर्नसाथै बङ्गाल
सरकारले सर्वदलिय वैठक डाकेर आन्दोलनलाई साम्य पार्ने प्रयास गरिरहेकै अवस्थामा
पछिबाट गोजमुमो पार्टीलाई नै दुई गुटमा विभाजन गरेको हो। सोहिकारण पछिबाट विमल
गुरुङहरू आन्दोलनकै समयमा भूमिगत बनेपछि सरकारसँग वार्तामा जाने विनय तामाङहरूले
जीटीएको बाग्डोर सम्हाल्न पुगेको हो भने सोहि जीटीएको बाग्डोर सरकारले थप छ-छ महिनाको
निम्ति बडोत्तरी गर्दै आइरहेको छ।
No comments:
Post a Comment