गोर्खाहरूलाई अनुप्रवेशकारी भनेपछि तृणमूल पार्टीसँग वैचारिक
सम्बन्ध राख्ने भनिएकी राजनैतिक विश्लेशक तन्वी दास विरोधक घेरोमा परेकी छन्।
वितेको १ अक्टोबरका दिन टेलिभिजन च्यानल TV9भारतवर्ष -मा
आयोजित एक कार्यक्रममा एनआरसीको सन्दर्भमा गोर्खाहरूलाई अनुप्रवेशकारी भन्दै उनीहरूलाई
समेत खेद्नुपर्ने भन्दै विवाद वयान दिएपछि उनको चौतर्फी विरोध सुरू भएको छ। यसक्रममा
तन्वी दासको वयानको गोजमुमो विमल गुटका प्रवक्ता बीपी बजगाईँले प्रेस विज्ञप्ती
जारी गरेअ विरोध गरेका छन्।
‘बहसमा तन्वी दासले गोर्खास घुसपैठिया है, गोर्खाओंको बाहर निकालो, गोर्खाल्याण्डको क्यो सपोर्ट करते हो आपलोग? गोर्खास के पास क्या सबुत है? भनेर प्रश्न गरेकी रहिछन’ बीपी बजगाईँले तन्वी दासको वयान
उद्धृत गर्दै वास्तवमा उनीहरूबाट यस्तो वयान आउनु कुनै आश्चर्य नरहेको बताएका छन्।
‘इतिहासमा बङ्गालमा कहिल्यै नभएको हाम्रो भूभागलाई हामीलाई पत्तै नदिई बङ्गालमा
गाभेपछी यो भूमि खोसिने डरले तन्वीहरूले यस्तो प्रश्न राख्नु कुनै आश्चर्यको कुरा
होइन। तर जुन
पार्टीलाई तन्वीको नैतिक समर्थन छ त्यही पार्टीलाई समर्थन गर्ने बिनोय तामाङ अनि
अनित थापाले यदि उनीहरू गोर्खाप्रती इमान्दार छन् भने भोलि यस विषयमा प्रश्न
जनताको सामु मुख्यमन्त्री ममता ब्यानर्जीलाई गरेको हुनुपर्छ’ बजगाईँले प्रेस
विज्ञप्तीमा भनेका छन्।
यसक्रममा बजगाईँले मुख्यमन्त्रीले तन्वी दासको कुरालाई कि त
सहमति जनाएको हुनुपर्छ कि भने खण्डन गरेको हुनुपर्छ भन्ने माग समेत गरेका छन्।
‘जाति जातिमा घृणा फैल्याउने वक्तव्य दिएकोमा बङ्गाल सरकारले
तन्वी दासमाथि मुद्दा लगाउने घोषणा मुख्यमन्त्रीले भोलि जनता समक्ष गरेको हुनुपर्छ
भन्ने माग हामी राख्दछौं’ बजगाईँले थप भनेका छन्।
उनले तन्वी दासको वयानको जवाब केवल छुट्टै राज्य
गोर्खाल्याण्डले मात्र दिने भन्दै गोर्खाहरूले अब स-सानो सहुलियत थाप्न होइन, गोर्खाल्याण्डको निम्ति प्रतिबद्ध हुनुपर्छ भन्ने पनि
बताएका छन्। यसक्रममा उनले विनय तामाङ अनि अनित थापाहरूलाई समेत प्रश्न तेर्साएका
छन्।
‘पहाडमा घरि घरि तलबाट आगो लगाइन्छ अनि अशान्त बनाइन्छ।
तन्वी दासको यो इश्यु पहाड आगो लगाउने उदेश्यमा हुनुसक्ने
सम्भावनालाई ध्यान राख्दै पहाड यस विषयमा उत्तेजित नभई केवल यसलाई राज्यको
हामीप्रतिको नजरिया बुझ्ने साधनको रूपमा पहाडले लिने आग्रह गर्दछौं’ बीपी बजगाईँले
भनेका छन्।
No comments:
Post a Comment