सिलगढी नेपाली साहित्य संस्थानको कार्यलय ‘आमा खड्कालय
दुर्गागढीमा विर्ख खड्का डुवर्सेली अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ। विर्ख
खड्का डुवर्सेली-ले विशेष अनुवादको क्षेत्रमा दिएको योगदानकै निम्ति ‘हिन्दी गौरव
सम्मान’ तथा ‘हिन्दी भाषा भूषण सम्मान’ प्रदान गरिएको थियो। उनको उक्त सम्मानलाई
कदर गर्दै सिलगडी नेपाली साहित्य सस्ंथानले उनलाई अभिनन्दन जनाएको हो।
सस्ंथाका संरक्षक रेभ एडोन रोङ्गोङको अध्यक्षतामा सम्पन्न
भएको कार्यक्रममा कवि ज्ञानेन्द्र खतिवडा मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए।
यस अवसरमा संस्थाका संरक्षक डा. घनश्याम नेपाल, कवि मोहन ठकुरी, कवि कालूसिंह
रणपहेली, इन्द्र गिरी आदिको विशेष उपस्थिति रहेको थियो।
सस्थानका अध्यक्ष बासुदेव पुकामीद्वारा स्वागत सम्बोधनपछि
सुरु भएको कार्यक्रममा कवि रेमिका थापाले कार्यक्रममा सञ्चालन गर्दै अभिनन्दन
कार्यक्रम अघि बडाएका थिए। यसक्रममा विर्ख खड्का डुवर्सेलीलाई अभ्यर्थना पत्र,
स्मृति चिन्ह, दोसल्ला साथै शिरशोभा प्रदान गरेर सम्मान गरिएको थियो। उक्त
कार्यक्रममा कवि ज्ञानेन्द्र खतिवडाले डुवर्सेलीका जीवनी र साहित्यिक
व्यक्तित्वमाथि प्रकाश पारेका थिए।
कार्यक्रममा सम्मानित व्यक्तित्व विर्ख खड्का डुवर्सेलीले
सम्मानको क्रममा ग्रहण गरेका अनुभव साझा गरेका थिए भने संस्थानका संरक्षक डा.
घनश्याम नेपालले डुवर्सेलीद्वारा नेपाली र हिन्दीविच अनुवादका माध्यमले बाँधेका
सेतुको निम्ति धन्यवाद दिए। यसक्रममा केहिदिन अघि रेभ एडोन रोङ्गोङलाई पनि उनकै
जीवनी र कार्यमा आधारित पुस्तक ‘एडोन रोङगोङ विविध आयम’-का निम्ति पुष्पगुच्छा प्रदान
गरेर सम्मान जनाइएको थियो। यसैक्रममा कार्यक्रमलाई अध्यक्षता गर्नुहुने एडोन
रोङगोङले आफ्नो अध्यक्षीय भाषण पछि कार्यक्रम समापन गरिएको जानकारी संस्थानका
ज्ञानेन्द्र यक्सोले दिएका छन्।
No comments:
Post a Comment