गफसफ.com, कालेबुङ, 25 अक्टोबर ।
रागेश्री कला निकेतन कालेबुङको आयोजनामा कालेबुङमा
सांस्कृतिक सङ्गीतमय कार्यक्रम ‘ए मेरी राम साइली’ सम्पन्न भयो। दसैँ अनि तिहारको
शुभोपलक्ष्य पारेर रागेश्री कला निकेतनले
काठमान्डौ, सिक्किम
अनि स्थानीय कलाकारहरूलाई लिएर अपूर्व नेपाली लोक-आधारित सांस्कृतिक सङ्गीतमय
कार्यक्रम यहाँको रामकृष्ण रङ्गमञ्च (टाउन हल) –मा सम्पन्न गरेको थियो।
कार्यक्रममा नेपाल काठमान्डौबाट कलाकार विनय लामा, सिक्किमबाट अमर योञ्जन, आरोप दोर्जे भोटिया, सुनङ लेप्चा, अनिता मोक्तान, सरिता राई आदि विशेष रूपेल उपस्थित रहेका थिए भने स्थानीय
कलाकारहरूमा लह्मु भोटिया, उमेश उपमा, प्रशान्त
छेत्री,
केल्साङ भोटिया, प्रशम्मी ढुङ्गाना आदि उपस्थित रहेका थिए जहाँ उनीहरूले
नेपाली लोक आधारित रङ्गारङ्ग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे।
सुरजमणि प्रधानद्वारा सञ्चालित कार्यक्रममा विशेष सोरठी गीत
एवम् नृत्य नाटकीय ढङ्गमा प्रस्तुत गरिएको थियो भने कार्यक्रममा पश्चिमबङ्गाल
तामाङ विकास बोर्ड अध्यक्ष सञ्जय मोक्तान, गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा अध्यक्ष दावा पाख्रिन, गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला समिति प्रवक्ता भुवन
पी. खनाल,
जिल्ला सूचना एवम् सांस्कृतिक अधिकारी दिपक केरकेटा, मेनुका मुखिया, जे. बी. राई आदि अतिथिका रूपमा उपस्थित थिए।
No comments:
Post a Comment