गारोल्याण्ड स्टेट डिमाण्ड कमिटि (जीसडीसी) ले दिल्लीको जन्तर
मन्तरमा छुट्टै गारोल्याण्ड राज्य गठनको माग गर्दै केन्द्र सरकारको ध्यान आकर्षण
गर्न धर्ना प्रदर्शन गरेको छ। यसक्रममा गारोल्याण्ड स्टेट डिमाण्ड कमिटिले छुट्टै
राज्य गोर्खाल्याण्डको संवैधानिक मागलाई समेत समर्थन जनाएको छ।
यस अवसरमा गारोल्याण्ड स्टेट डिमाण्ड कमिटिका मानिसहरूसँगै
अनि गारो क्षेत्रमा विभिन्न सामाजिक तथा राजनैतिक सङ्गठनका प्रतिनिधीवर्ग उक्त
धर्ना प्रदर्शनीमा भेला भएका थिए। संसदको शीतकालिन सत्रमा केन्द्र सरकारको ध्यान
आकर्षण गर्न आयोजना गरिएको उक्त धर्ना प्रदर्शनीमा नेशनल फेडरेसन फर न्यु स्टेटस्
एवम् भारतीय गोर्खा परिसंघका राष्ट्रिय कार्यकारी अध्यक्ष डा. मुनिष तामङ मुख्य
अथितिका रूपमा उपस्थित रहेका थिए।
यसक्रममा डा. मुनिष तामङले छुट्टै गारोल्याण्ड राज्य गठनको
मागलाई नेशनल फेडरेसन फर न्यु स्टेटस् एवम् भारतीय गोर्खा परिसंघको पक्षबाट पूर्णरूपमा
समर्थन रहेको बताउँदै छुट्टै राज्य गठनको मागलाई सबैले एकसाथ अघि बडाउनुपर्ने
आह्वान गरेका छन्। ‘छुट्टै गारोल्याण्ड राज्य गठनको मागलाई पूर्णरूपले समर्थन
गर्दछौँ। भारत स्वतन्त्र पूर्व सन् 1899 देखि छुट्टै गारोल्याण्ड गठनको मागमा
लडीरहेको गारोल्याण्ड संवैधानिक माग हो। गारोल्याण्ड राज्य गठनले उनीहरूको छुट्टै
भाषिक अनि सांस्कृतिक पहिचानलाई संरक्षण गर्न सम्भव हुनेछ। यसर्थ यस संवैधानिक
मागलाई हामी हाम्रो एकवद्धता रहेको जनाउँछौँ’ डा. मुनिष तामङले भने। यसक्रममा उनले
स्व, पी.ए साङ्गमा छुट्टै गारोल्याण्डका एकजना इमान्दार छोरा रहेको बताउँदै उनी नेशनल
फेडरेसन फर न्यु स्टेटस्-का एकजना सदस्य रहेको पनि बताए।
यसैक्रममा यता गारोल्याण्ड स्टेट डिमाण्ड कमिटि (जीएसडीसी)
ले पनि छुट्टै राज्य गोर्खाल्याण्ड राज्य गठनको संवैधानिक मागलाई समर्थन जनाएको छ।
यसका साथै उनीहरूले गारोल्याण्डमा गोर्खाहरूको सुरक्षाको निम्ति जनाएको एकवद्धता
साथै छुट्टै राज्य गोर्खाल्याण्डको मागप्रति जनाएको समर्थनको निम्ति पनि डा. मुनिष
तामङले आभार प्रकट गरेका छन्।
No comments:
Post a Comment