‘गोर्खाल्याण्डको माग गर्छु भनेर सासंद राजु विष्ट सोझै किन
गोर्खाल्याण्ड भन्न सकिरहेका छैनन्? कि उनले भनेको पर्मानेन्ट सल्यूसन गोर्खाल्याण्ड नभएर अरू
कुनै बङ्गालभित्रकै व्यवस्था नै हो? यो कुरा सासंद महोदयले स्पष्ट पारून्?’-उक्त प्रश्न गोजमुमो अध्यक्ष विनय तामङले उठाएका हुन्।
सांसद राजु विष्टले संसदको शीतकालिन सत्रमा ‘गोर्खाल्याण्ड’-को
कुरा नगरेर ‘पर्मनेन्ट पोलिटिकल सल्युसन’-भनेपछि गोजमुमो विनय गुटले सांसद राजु
विष्टलाई बारम्बार ‘गोर्खाल्याण्ड’-को स्पष्ट माग गर्नुपर्ने भनिरहेको छ। उनले
जनतालाई शब्दजालमा घुमाएपछि गोजमुमो अध्यक्ष विनय तामाङले संसदमा केवल
गोर्खाल्याण्ड मात्र भन्नुपर्ने माग गरेका हुन्।
‘कुनै अरू व्यवस्था हैन तर सासंद राजु विष्टले
गोर्खाल्याण्डको मुद्दालाई सदनमा उठाउनुपर्ने हो। किनभने उनले पहाडबाट पाएको जनमत
गोर्खाल्याण्डको निम्ति थियो। कुनै अन्य व्यवस्थाको निम्ति पहाडवासीले उनलाई भोट
दिएका होइनन्। तर आज आएर सांसदले सोझै गोर्खाल्याण्ड नभनेर घुमाउरो कुरा गरिरहेका
छन्। यसमा ठूलो रहस्य छ जसको पर्दाफास हामी निकट भविष्यमै गर्नेछौँ’ विनय तामङले
भनेका छन्।
यसक्रममा विनय तामङले वास्तवमा भाजपा गोर्खाहरूप्रति एक
प्रतिशत पनि इमानदार छैन भन्ने दाबी गर्दै ‘भाजपा इमान्दार भएको भए जम्मू-काश्मीर
अनि हालै विदर्भको सन्दर्भ उठ्दा गोर्खाल्याण्डको कुरा उठाउने थियो भनेका छन्।
यसक्रममा उनले सांसद राजु विष्टलाई गोर्खाल्याण्डको मुद्दा प्रति इमान्दार छु भन्छन्
भने संसदमा गोर्खाल्याण्डको मुद्दा उठाउने चुनौति पनि दिएका छन्।
‘वास्तवमा सासंद राजु विष्ट भाजपाका एजेन्ट हुन्।
सासंदमार्फत् भाजपा पहाडमा हुने आगामी चुनावी मैदानमा उत्रिन चाहन्छ। यदि यो कुरा
सही होइन भने उनले सदनमा गोर्खाल्याण्डको मुद्दा उठाएर आफ्नो इमान्दारिता प्रमाणित
गरून्’ विनय तामङले भनेका छन्।
No comments:
Post a Comment