सन्त अगस्तिन स्कुलको अल्मुनाई एसोसिएसनको आयोजनामा
नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ। कालेबुङ जिल्लाको दुर्गम क्षेत्र
मानिने सम्थारमा आयोजित उक्त निशुल्क स्वास्थ्य जाँच शिविरमा क्षेत्रमा दुईसय
भन्दा अधिक मानिसहरू आएर आफ्नो स्वास्थ्य जाँच गराएका थिए। यस अवसरमा क्षेत्रमा
बासिन्दाहरूको साधरण स्वास्थ्य जाँच सँगै विभिन्न रोगहरू सम्बन्धी पनि जाँच गरिएको
थियो। उक्त नि:शुल्क स्वास्थ्य जाँच शिविरमा एल्मुनाई एसोसिएसनका डा. साङ्गे
जिम्बा सँगै कालेबुङ महकुमा अस्पतालका चिकित्सकहरू क्रमैले स्वास्थ जाँच डा. सोनाम
भोटिया, डा. रितेस तामङ, डा. सलोमि भोटिया, डा. शाकुली, डा. माथ्यु आदि रहेका थिए।
यसै अवसरमा लायन्स क्लब सिलगडीबाट आएका आँखा विशेषज्ञहरूले
आँखा जाँच पनि गर्ने कार्य गरेका थिए। यसक्रममा कालेबुङ ह्याण्डसको पक्षबाट मादक
पदार्थ सेवनबारे सचेतना गराउने कार्य सम्पन्न भएको थियो। उनीहरूले मादक पदार्थको
सेवनले समाजमापार्ने नकारात्मक प्रभाव र यसको प्रयोगबाट जोगिन्दा हुने फाइदाहरू
बारे मानिसहरूलाई वगत गराइएको थियो। यासैक्रममा सन्त अगस्तिन स्कुलकओ इन्टर्याक्ट
क्लबको पक्षबाट क्षेत्रमा गरीब मानिसहरूलाई 32 वटा ब्ल्याङ्केट पनि वितरण गरिएको
थियो। स्कुलका प्राचार्य फादर जेरड लेप्चा लगायत अन्यको बाहुलीबाट उक्त गरीब
मानिसहरूलाई जाडोको मौसनमा प्रयोग गरिने उक्त ब्ल्याङकेट प्रदान गरिएको थियो।
यसै अवसरमा दार्जीलिङ गुडविल एनिमल सेल्टरका डाक्टरहरूको
टोलिले क्षेत्रमा पशुहरूको पनि चिकित्सा गर्ने कार्य गरेका थिए। यसक्रममा उनीहरूले
क्षेत्रका बासिन्दाहरूको घरमा पालेका कुकुरहरूलाई लागेका रोगहरूको पनि जाँच गरियो।
यसका साथै घर पालुवा पशुहरूको निम्ति दवाई पनि वितरण गरिएको थियो।
No comments:
Post a Comment