कोरोना भाइरसको सङ्क्रमणसँग
जुझ्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज राती 12 बजेदेखि 21 दिन देशव्यापी
लकडाउनको घोषणा गरेका छन्। उनले देशका जनतालाई 21 दिनसम्म कुनै पनि सामाजिक
सम्बन्ध नबनाउने अपिल गर्दै 21 दिन प्रत्येकको घरमा लक्षमण रेखा कोरिएको बताएका
छन्। यदि 21 दिनव्यापी लकडाउन पालन नगरे कोरोना भाइरसले देशलाई नै 21 वर्ष पछि
पार्ने भन्दै कोरोना भाइरसले अनेकौँ घरपरिवार वर्वाद हुने पनि बताएका छन्।
यसक्रममा प्रधानमन्त्री मोदीले अत्यन्तै जरूरी सामानहरूको कमी नहुने बताएका छन्।
प्रधानमन्त्री नरेन्द्र
मोदीले 21 दिनव्यापी लकडाउन एकप्रकारको ‘कर्फ्यु’ नै हो भनेका छन्। उनले आवश्यक
सामाग्रीहरूमा दवाई दोकान, खाद्य सामाग्री उपलब्ध रहने पनि जनतालाई आश्वस्त गराएका
छन्। ‘मेरा देशवासी डराउनुपर्ने कुनै आवश्यक्ता छैन। आवश्यक सेवा, दवाई सबै उपलब्ध
रहनेछन्। केन्द्र सरकार अनि राज्य सरकार मिलेर कार्य गर्नेछन्। जसले गर्दा जनताले
आवश्यक समाग्रीहरू पाउनेछन्’ प्रधानमन्त्री मोदीले भनेका छन्।
21 दिनव्यापी हुने
देशव्यापी लकडाउनलाई लिएर यता केन्द्र सरकारले एक गाइडलाइन पनि जारी गरेको छ। केन्द्र
सरकारले जारी गरेको लकडाउन अवधी के-के खुल्ला रहने अनि के-के बन्द रहनेछ भन्ने
कुरा पनि स्पष्ट पारेको छ।
लकडाउन अवधी – दिइएका छुट
|
लकडाउन अवधी बन्द रहने
|
दवाई दोकान, राशन दोकान, दूध,
प्रिन्ट अनि इलेक्ट्रोनिक मिडिया
|
व्यवसायिक वाहन
|
गैस सेवा, बिजली, होम
गार्ड, बैंक, केंद्रीय सशस्त्र पुलिस बल, सिविल डिफेन्स
|
बस, ट्रेन, मल
|
रक्षा विभाग, पुलिस, पोस्ट
ऑफिस, डाक्टरलाई यातायातमा छुट
|
हॉल, जिम, स्पा, स्पोर्ट्स
क्लब
|
पेट्रोल, राजकोष, डिजास्टर
म्यानेजमेन्ट, सीएनजी
|
सम्पूर्ण कारखाना, वर्कसप,
गोदाम
|
बिजली उत्पादन और ट्रान्समिशन
यूनिट, फायर और इमर्जेन्सी सर्विस, इन्टरनेट
|
साप्ताहिक हाटबजार
|
जिला प्रशासन, पानी
|
सम्पूर्ण सरकारी अनि
प्राइभेट कार्यालय
|
No comments:
Post a Comment