वैश्विक महामारीको रूपमा
फैलिएको कोरोना भाइरसले भारतमा मोठ 16 जनाको मृत्यु भएको छ। पछिल्लो 24 घण्टामा मात्र
88 जनालाई कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। अहिलेसम्म भारतमा यस
महामारीको सङ्क्रमणले 694 जनालाई सङ्क्रमित बनाएको छ। यसैक्रममा अहिलेसम्म 44 जना
यस बिरामीबाट स्वास्थ्य भएर अस्पतालबाट छुट्टी समेत भएको छ।
कोरोना भाइरसबाट बाँच्नलाई
देशका प्रधानमन्त्री नरेन्द्र मोदीले देशव्यापी 21 दिनको लकडाउन घोषणा गरिसकेको छ
भने लकडाउन पालन नगर्नेहरू विरुद्ध पुलिसले कानुनी कार्वाही सुरु गरेको छ। कोरोना
भाइसरको बड्दो त्रासदीको सामना गर्न भारत सरकारले यसलाई राष्ट्रिय आपदा घोषणा
गरेको छ। जसबाट बाँच्न एकमात्र सचेतना अनि सामाजिक दुरत्व बनाएर राख्नुपर्ने भन्दै
सबैलाई घरभित्रै बस्नुपर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले अपिल गरेका छन्।
भारतमा सबैभन्दा धेर
महाराष्ट्र राज्य कोरोना भाइरसले सङ्क्रमित बनेको छ। अहिलेसम्म महाराष्ट्रमा 4
जनाको मृत्यु भइसकेको छ भने 124 जनालाई कोरोना पोजिटिभ भेट्टाइएको छ। यता
कर्नाटकामा पनि कोरोना सङ्क्रमित दोस्रो व्यक्तिको मृत्यु भएको छ।
पश्चिम बङ्गाल राज्यमा पनि
कोरोना भाइरस सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या दिनोदिन बड्दै गइरहेको छ। बुधबार थप
एकजना व्यक्तिलाई कोरोना पोजेटिभ भेट्टाइएको छ। विदेशबाट आएका 66 वर्षिय
व्यक्तिलाई कोरोना भेट्टाइएको स्वास्थ्य अधिकारीवर्गले पुष्टि गरेका छन्। उक्त
पुष्टि हुनसाथै बङ्गालमा कोरोना सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या 10 पुगेको छ।
राज्यकी मुख्यमन्त्री ममता
ब्यानर्जीले कोरोना भाइरसलाई परास्त गर्न सामाजिक दुरी अनिवार्त रहेको बताउँदै
बुधबार सडकमा निस्केर नै मानिसहरूलाई सामाजिक दुरी बनाउने अपिल गरिन्।उनले आवश्यक
खाद्यन्न किन्न निस्केका मानिसहरूलाई डेड मिटरको दुरीमा उभीएर सामाजिक दुरी बनाउने
अपिल गर्दै यसले सङ्क्रमणको सम्भावना कम हुने बताइन्।
No comments:
Post a Comment