गफसफ.com, नयाँ दिल्ली, १ मार्चक २०२०।
गोर्खा जनमुक्ति मोर्चा विमल गुटका प्रतिनिधी टोलिले दिल्लीमा विभिन्न नेताहरूलाई भेट्ने क्रम जारी राखेको छ। यसैक्रममा सांसद राजु विष्टको नेतृत्वमा एक प्रतिनिधी टोलिले भारत सरकारको केन्द्रिय गृह राज्यमन्त्री जी. किशन. रेड्डीलाई भेटेर भाजपाको संकल्प पत्रमा उल्लेखित दुईवटा मुख्य बुँदाहरुबारे उचित पहल गर्ने मागब्गरेका छन् ।
"प्रतिनिधि टोलिले भाजपाको संकल्प पत्रमा उल्लेखित "स्थायी राजनैतिक समाधान" अनि "११ जातलाई जनजातिको मान्यता प्रदान" गर्ने विषयलाई चाँड़ो भन्दा चाँड़ो सम्बोधन गरिनुपर्ने विषयमा एक ज्ञापन पत्र पेश गरेको छ। भेटवार्तामा मन्त्रीज्युले यस विषयमा आज नै गृहमंत्री श्रीमान अमित साह ज्युसंग वार्तालाप गरेर चाँड़ै यसको समाधान तर्फ जाने आजको टोलीलाई जानकारी गराएको छ" गोजमुमो कार्यकारी अध्यक्ष लोप्साङ लामाद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ।
यसक्रममा रेड्डीले केन्द्र सरकार गोर्खाहरुको साथमा रहेको कुरा बारे टोलीलाई विश्वस्त गराएको पनि दाबी गरिएको छ। सांसद राजु विष्टको उपस्थितिमा गोर्खा जनमुक्ति मोर्चा कार्यकारी अध्यक्ष डा. लोपसाङ लामा, बिनु सुन्दास, लिला कुमार गुरुङ, अनिल लोप्चन आदि उपस्थित रहेका थिए।
No comments:
Post a Comment