गफसफ.com, ६ मार्च २०२०, नयाँ दिल्ली।
गोर्खा जनमुक्ति मोर्चा (विमल गुट) का प्रतिनिधी टोलिले केहिदिनदेखि दैनिक केन्द्रिय नेताहरूलाई भेटघाट गर्ने क्रम जारी राखेको छ। यसैक्रममा आज पुन: गोजमुमो विमल समुहको एक टोलिले केन्द्रिय मन्त्री भाजपाको शीर्षथ नेता एवम् राष्ट्रिय मूल सचिव बि. एल. सन्तोषसँग भेट गरेर एक ज्ञापन पत्र पेश गरेको छ।
उक्त भेटवार्तामा भाजपाको बरिष्ठ नेता राष्ट्रिय सचिव बि. एल. सन्तोषले आफू भारतीय गोर्खाहरुको समस्यासंग पूर्ण अवगत रहेको र भाजपाको संकल्प पत्रमा उल्लेखित मुद्दाहरु केन्द्रमा रहेको भाजपा सरकारले पुरा गरेरै छोड़ने गोर्खा जनमुक्ति मोर्चाको शीर्षथ टोलीलाई बचन दिएको एक प्रेस विज्ञप्तीमा जारी गरिएको छ।
गोर्खा जनमुक्ति नारी मोर्चा नेतृत्व श्रीमती उर्मिला रुम्बाको नेतृत्वमा रहेको टोलिले भाजपाले गोर्खाहरूलाई न्याय दिनुपर्ने माग गर्दै यसबारे सरकारले उचित पहल गर्नुपर्ने माग गरेका छन्। उक्त टोलिमा श्रीमति उर्मिला रुम्बा लगायत केन्द्रिय समिति सदस्य डा. बिनु सुन्दास, अनिल लोप्चन, बिनोद खालिङ, मुकुल छेत्री, चन्दन यल्मो सामेल रहेका थिए।
स्मरण रहोस्, गतवर्ष लोकसभा चुनावमा भारतीय जनता पार्टीलाई समर्थन गर्ने राजनैतिक दलहरूसंग सांसद राजु विष्टले सिलगडीमा सर्वदलीय वैठक डाकेर स्टेरिङ कमिटी गठन गर्ने प्रस्ताव ग्रहण गरेको थियो। त्यसपछि गोजमुमो विमल गुट अनि गोरामुमो पार्टीमाझ विवाद सुरु भएको छ भने उक्त विवादसँगै गोजमुमो विमल गुटका प्रतिनिधि टोलिले केन्द्रिय नेताहरूलाई भेटघाट गर्ने काम सुरु गरेको हो।
No comments:
Post a Comment