वैश्विक महामारीसँग लड्नका
निम्ति पश्चिम बङ्गाल सरकारले राज्यका सम्पूर्ण शैक्षिक संस्थानहरू 10 जुन सम्म
बन्द रहने घोषणा गरेकी छन्। यसक्रममा उनले विद्यार्थीवर्गलाई अनलाइन शिक्षण दिने
सुझाव दिँदै अनलान कार्य गरिरहेकाहरू प्रति खुशी प्रकट गरेकी छन्।
मुख्यमन्त्री ब्यानर्जीले प्रधनमान्त्री
नरेन्द्र मोदीसँग भिडियो कन्फरेन्सको माध्यमबाट वैठकमा भाग लिएपछि देशभरी नै आगामी
30 अप्रेलसम्म लकडाउन जारी रहने प्रधानमन्त्रीले बताएको पनि जानकारी गराइन्। यसबारे
प्रधानमन्त्रीले आगामी दुईदिनभित्र यसको रूपरेखा तयार गरेर औपचरिक घोषणा गर्ने पनि
उनले बताइन्।
कोरोना भाइरसको सङ्क्रमणसँअ
लड्नका निम्ति मुख्यमन्त्री ममता ब्यानर्जीले प्रधानमन्त्री समक्ष राज्यले प्राप्त
गर्नुपर्ने धनराशी उपलब्ध गराउनुपर्ने माग पनि गरिन्। यसक्रममा उनले कोरोना
भाइरससँग लड्नका निम्ति 25 हजार करोडको विशेष प्याकेज दिनुपर्ने पनि माग गरिन्।
उनले चिया श्रमिकहरूलाई
सामाजिक दुरत्व बनाएर कार्य गर्ने पनि छुट दिएकी छन्। यसक्रममा उनले चिया कमानमा
25 प्रतिशत मानिसहरूलाई कार्य गर्ने छुट दिएको घोषणा गरिन्। यसभन्दा अघि उनले 15
प्रतिशतलाई कार्य गर्ने भनेकी थिइन् भने आज उनले 25 प्रतिशतलाई कार्य गर्ने छुटको
घोषणा गरिन्। यसैक्रममा उनले आगामी महिना पालन गरिने पर्वहरूलाई कसैले पालन नगर्ने
सुझाव दिँदै केवल आफ्नै घरमा बसेर पालन गर्ने अपिल गरिन्। उनले शैक्षिक
सस्ंथानहरूलाई भने आगामी 10 जुनसम्म बन्द राख्नुपर्ने पनि घोषणा गरेकी छन्।
उनले यसैक्रममा कोरोना
भाइरसको सङ्क्रमण दैनिक वृद्धि हुनेक्रममा आज राज्यमा नयाँ 6 जना सङ्क्रमित बनेको
मामिला अघि आएको पनि जानकारी दिएकी छन्। जसको कारण हाल राज्यको स्वास्थ्य एवम्
परिवार कल्याण विभागद्वारा जारी रिपोर्ट अनुसार सङ्क्रमितहरूको सङ्ख्या बडेर 95
पुगेको छ भने अहिलेसम्म 5 जनाको मृत्यु भएको छ। यता केन्द्र सरकारद्वारा जारी
रिपोर्टमा भने पश्चिम बङ्गालमा अहिलेसम्म 126 जना सङ्क्रामित बनेको रिपोर्ट दिइएको
छ। जसको कारण राज्य अनि केन्द्रद्वारा जारी रिपोर्टमा कोरोना सङ्क्रामितहरूको
सङ्ख्यामा समानता रहेको छैन।
No comments:
Post a Comment