लामो समयदेखि बन्द रहेका
दार्जीलिङ पहाड़का तीनवटा चियाकमानहरू क्रमैले कलेजभेल्ली, धोतरे अनि पेशोकका कूल 2550 चियाश्रमिकहरूलाई राज्य
सरकारले FAWLOI (Financial Assistance To The Lock Out
Industrial Units ) अन्तर्गत प्रतिश्रमिक 37500
रूपियाँ गरेर आर्थिक सहयोग दिने भएका छन्। उक्त जानकारी गोजमुमो अध्यक्ष विनय
तामाङले एक प्रेस विज्ञप्ति जारी गरेर बताएका हुन्। उक्त सहयोग राशि पहिलो चरणमा
कूल 2133 जना श्रमिकहरूलाई केही दिनभित्रमै उनीहरूको ब्याङ्क खातामा दिइनेछ भने
अन्य 417 जना श्रमिकहरूको भने केही तकनीकि समस्याहरूको कारण लकडाउनपछि स्थिति
साम्य बनिनेसाथ प्रदान गरिनेछ भनी विनय तामाङले बताएका छन्।
गोर्खा जनमुक्ति मोर्चा अनि
दार्जीलिङ तराई डुअर्स प्लानटेसन लेवर युनियनको अथक प्रयास पश्चात बन्द रहेको
तीनवटा बगान कलेजभेल्ली चियाबारी, धोतरिया चियाबारी अनि पेशोक
चियाबारीका श्रमिकहरूले FAWLOI (
Financial Assistance To The Lock Out Industrial Units ) मार्फत सहायता राशि
रूपियाँ 37500 प्रति श्रमिक आजदेखि नै कमानको खातामा पस्दैछन् । पश्चिम
बंगाल सरकारको यस योजनाबाट 2550 जना
श्रमिकहरू लाभान्वित हुनेछ। वर्तमानमा 2133 जना श्रमिकहरुले चाँडै नै यो रकम
पाउनेछ । कतिपय तकनीकि कारणले गर्दा रहल 417 श्रमिकहरूको यस सहयोग राशी समयमा पस्न
सकेन तर यस लकडाउनको स्थिति सामान्य हुनसाथ वहाँहरूको पनि पैसा पस्नेछ, तामाङले प्रेस विज्ञप्ति जारी गर्दै यसो भनेका छन् ।
गोजमुमो बोलीमा होइन कर्ममा
विश्वास राख्ने पार्टी रहेको बताउँदै उक्त पहलको निम्ति राज्य़की मुख्यमन्त्री ममता
व्यानर्जीलाई पनि धन्यबाद दिएका छन्। ममता व्यानर्जीको दक्ष नेतृत्वको कारण पहाडले
नयाँ दिशा पाइरहेको पनि उनको भनाइ छ।
विनय तामाङले आफ्नो
विज्ञप्तिमा दार्जीलिङ पहाडको जनताको पक्षबाट गोर्खा जनमुक्ति मोर्चा अनि
दार्जीलिङ तराई डुअर्स प्लानटेसन लेवर युनियनको तर्फबाट पश्चिम बंगालका
मुख्यमन्त्री ममता व्यानर्जी साथै पश्चिम बंगाल सरकारका वित्त मन्त्री अमित मित्र, श्रममन्त्री मलय घटक, मन्त्री अरूप विश्वास लगायत पश्चिम बंगाल सरकारका सम्बन्धित
सम्पुर्ण विभागहरू लगायत पार्वतीय मामिला विभाग ,दार्जीलिङ जिल्ला प्रशासन लगायत लेवर कमिश्नर विभाग , असिस्टेन्ट लेवर कमिश्नर
विभागका उच्च पदस्थ अधिकारीवर्ग - सबै
सबैलाई धन्यबाद दिएका छन्।
यसबाहेक लोहिया ग्रुप अफ
कम्पनीले पनि कम्पनीअधिनस्थ रहेका सबै चियाकमानहरूमा मार्च महिनाको रोज दिने निर्णय लिएको उल्लेख
गर्दै लोहिया ग्रुप अफ कम्पनीजलाई पनि धन्यबाद दिएका छन्।
No comments:
Post a Comment