वैश्विक महामारीको रूपमा
फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बाँच्न देशव्यापी चलेको 21 दिनको लकडाउन आगामी
14 अप्रेलका दिन समापन हुनेछ। मानिसहरूले अहिलेघरी आगामी 14 अप्रेलपछि लकडाउन के
हुने हो? भन्ने प्रश्न गरिरहेका छन्। यस्तो अवस्थामा प्रधानमन्त्री नरेन्द्र
मोदीले आज सम्पूर्ण राज्यका मुख्यमन्त्रीहरूसँग भिडियो कन्फरेन्स गरेर लकडाउन
बढाउनुपर्ने अथवा समापन गर्नुपर्ने भन्ने विषयमा वैठक गर्नेछन्। यसक्रममा कोरोना
भाइरसको बढ्दो महामारीबाट बाँच्नका निम्ति लकडाउनलाई केहि सप्ताहको निम्ति बढाउने
सम्भावना नै धेर रहेको छ। यसबारे आज मुख्यमन्त्रीहरूसँग वैठक गरेपछि नै प्रधानमन्त्री
नरेन्द्र मोदीले निर्णय लिनेछन्।
File Photo |
यसभन्दा अघि प्रधानमन्त्री
मोदीले विभिन्न राजनैतिक पार्टीका नेताहरूसँग भिडियो कन्फरेन्सकै माध्यमबाट
सर्वदलिय वैठक गरिसकेका छन्। वैश्विक महामारी कोरोना भाइरससँग लडाईँ गर्न उनले सबै राजनैतिक दलहरूलाई एकसाथ उभिने
अपिल गरेका छन्। यसक्रममा सर्वदलिय वैठकमा समेत उनलाई धेर जसो राजनैतिक दलहरूले
लकडाउनलाई बढाउने सुझाव दिएका छन्। जसको निर्णय
उनले मुख्यमन्त्रीहरूसँग वैठक गरेर मात्रै लिने बताएका छन्।
लकडाउनलाई बडाउन धेरजसो राज्यहरूले
सहमति जनाइसकेको छ भने उडिस्सा अनि पञ्जाब राज्यमा यस लकडाउनलाई अघिबाटै राज्य
सरकारले बडोत्तरीको घोषणा गरिसकेको छ। उडिस्सा सरकारले लकडाउनलाई 30 अप्रेलसम्म
बडोत्तरी गरिसकेको छ भने पञ्जाब सरकारले 1 मई सम्मका निम्ति लकडाउन बडोत्तरी
गरिसकेको छ।
यस्तो अवस्थामा प्रधानमन्त्रीले
आज सम्पूर्ण राज्यका मुख्यमन्त्रीहरूको विचार लिनेछन्। उनले मुख्यमन्त्रीहरूको
विचार लिएर नै आगामी घोषणा गर्नेछन्। मुख्यमन्त्रीहरूसँग उनले देशको वर्तमान
पारिस्थिति अवगत गराउनेछन् भने राज्यहरूको स्थितिबारे पनि जानकारी लिनेछन्।
त्यसपछि आगामी रणनीति निर्माणको सुझाव लिने भएका छन्। त्यसपछि मात्रै उनले अन्तिम
निर्णय लिनेछन्। जुन निर्णय प्रधानमन्त्री मोदीले आगामी 14 अप्रेलका दिन लकडाउन
समापन हुन अघि पुन: एकचोटी देशलाई सम्बोधन गरेर घोषणा गर्ने सम्भावना रहेको छ।
No comments:
Post a Comment