गफसफ.com, ११ मई २०२०, कालेबुङ ।
कोरोना भाइरसको सङ्क्रमणबाट बाँच्न अहिलेघरी सामाजिक दुरी बनाउनु पर्ने अनिवार्य भएको छ। यस्तो अवस्थामा अहिलेघरी प्राय सबै कार्यहरू घरबाटै हुने गरिरहेको छ। मानिसहरू लकडाउनको अवधी घरबाट बाहिर निस्कन नपरोस् भने बिद्युत विभागले बिजुलीको बिल भुक्तान पनि उपभोक्ताहरूले घरैबाट अनलान तिर्ने आह्वान गरिरहेको छ।
बिजुली बिल बुझाउनका निम्ति
अथवा बिल लिनका निम्ति विद्युत विभागमा अब उपभोक्ताहरू पुग्नै पर्ने कुनै बाध्यता
छैन। यसका साथै बिजुली सम्बन्धी गुनासो समेत उपभोक्ताहरूले घरैमा बसेर गर्न
सक्नेछन्। त्यसको निम्ति सबैभन्दा पहिला बिजुली उपभोक्ताहरूले आफ्नो मोबाइल नम्बर
विद्युत बिभागमा पञ्जीकरण <रेजिस्ट्रेससन> गर्न पर्नेछ।
उपभोक्ताहरूले आफ्नो मोबाइल
नम्बर विजुली विभागमा घरैमा बसेर रेजिस्ट्रेसन गरेपछि बिजुली बिलसम्बधी सम्पूर्ण
जानकारी सँगै बिजुली बत्ति नभएको कम्प्लेन समेत मिसकल गरेर गर्न सक्नेछन्। सर्वप्रथम
WBSEDCL का उपभोक्ताहरूले
आफ्ना मोबाइल नम्बर विभागमा रेजिस्ट्रेसन गर्नका निम्ति आफ्नो मोबाइलबाट SMS
गर्न पर्नेछ।
मोबाइल नम्बर रेजेस्ट्रेसन
गर्न SMS यसरी
लेख्नुहोस् - REG <9digit Consumer ID> Space <Installation
Number> अनि मोबाइल नम्बर - 8422990336 – मा पठाउनुहोस्।
पछिल्लो अन्तिमपटक आएको
बीलको जानकारी लिन रेजिस्टर मोबाइल नम्बरबाट SMS यसरी लेख्नुहोस् – BD <9digit
Consumer ID> अनि मोबाइल नम्बर - 8422990336 – मा पठाउनुहोस्।
पछिल्लो 5 पटक बील बुझाएको
जानकारी लिन रेजिस्टर मोबाइल नम्बरबाट SMS यसरी लेख्नुहोस् – LMPT <9digit
Consumer ID> अनि मोबाइल नम्बर - 8422990336 – मा पठाउनुहोस्।
बिजुली बत्ती नभएको
कम्प्लेन गर्नका निम्ति रेजिस्टर मोबाइल नम्बरबाट SMS यसरी लेख्नुहोस् – NP
<9digit Consumer ID> अनि मोबाइल नम्बर - 8422990336 – मा पठाउनुहोस्।
बिजुली बत्ती नभएको कम्प्लेन गर्नका मिस्कल गरेर दर्ता गर्न रेजिस्टर मोबाइल नम्बरबाट – 8422990337 – मा मिस्कल गर्नुहोस् ।
Download Vidyut Sahayogi App by WBSEDCL from google play store.
ReplyDeleteRegister with your 9 digit consumer ID.
Go to the Bill tab and then click on download ⬇️ icon.
Enter the asked digits of meter number given in previous bills for verification.
A pdf file will be downloaded.