साहित्य / विचार _____________________________________________दिपेन
तामङ, दार्जीलिङ ।
मान्छेको
बच्चालाई हामी छोराछोरी भन्छौँ, नानी भन्छौ, केटाकेटी
भन्छौँ, बालबालिका भन्छौ, बालक भन्छौँ।
बालककै अनेक पर्यायवाची शब्द र अर्थहरू छन्। अपवाद, नेपालमा
मान्छेको छोरोलाई बाबु, छोरीलाई नानी र दुवैलाई बच्चा भन्छ।
बालक
तत्सम शब्द हो र यसले छोराछोरी, केटाकेटी शब्दले झैँ लैङ्गिक विभेद नराखी
दुवैलाई समेट्दछ। जीवविज्ञानको संरचनात्मक आधार वा हाम्रो सामाजिक स्थितिले फरक
मानेका कुरा बालमोनविज्ञानको प्रतिकूल हुन्छ। यतिकुरा नबुझ्नु र नबुझाउनु हो भने
बालकको जीवन सौन्दर्यको तरकारी नपकाउँदा हुन्छ।
यो
पनि भुनँ कि यो समालोचना होइन। समालोचना गर्ने हुर्मत मसित छैन। समालोचना के मसित
केही गर्ने क्षमता छैन,
शक्ति छैन, जन्मजात प्रतिभा छैन। छ त बस् !
एउटै… आत्मसन्तुष्टिका कुरा। म यस्तैमा रमाउँछु।
यो
मरो विचारमात्र हो। समय सापेक्षताको चप्लेटी ढुङ्गामा बसेर सन्तुष्टि लिँदै गरेको।
कालान्तरमा यसको अनेकन् अर्थ लाग्न सक्ला, चित्त नबुझ्नेलाई यो बाहियात
कुरा लाग्नै सक्ला। लेखक स्वयम्हरूले पनि केही भन्ने स्वतन्त्र स्पेस छँदैछ।
मूल
कुरा
बालकलाई
अलिक नजिकबाट बुझ्ने क्रममा छु। यो पनि जान्दछु बालकलाई बुझ्नु प्रेमिकालाई
बुझ्नुजस्तो होइन,
न कि भाँडाकुटी खेलको जस्तो नै हो। बालक त प्रत्येकपल्ट मानवशास्त्र
र जीवनशास्त्रलाई अभिव्यक्ति दिइरहन्छ भनिन्छ। आफूले बुझेको जस्तो बालक र आफूले
सोचेको जस्तो उसको समाज हुन्छ कि हुँदैन यो बढो गहन र चिन्तनीय विषय छ। अहिले
त्यतातिर गइहाल्नु पनि छैन।
सन्दर्भ
जोडौँ
यताका
अर्थात् दार्जिलिङतिरका। अरू पनि होलान्। अहिलेलाई तीनजनाका कविताहरू मसँग छ। बालक
बुझाउने कविताहरू। अर्थात् बालकको जीवनसम्बन्धी कविताहरू। कविहरू छन्- टिका भाइ, लेखनाथ
छेत्री र सुचन प्रधान। क्रमैले कविताको शीर्षक छ- नानीहरू कति छिटो सिक्छन्,
केटाकेटीहरू र नानीहरू। यी तीनै कविका तीनै कविताको सन्दर्भलाई जोडी
हेरौँ।
पहिलोले
नानीहरू,
दोस्रोले केटाकेटी र तेस्रोले नानीहरू- शब्दको चयन गरेका छन्। पहिलो
र तेस्रो माथि भनिए झैँ बालमनोविज्ञानअनुकूल छ, लैङ्गिक
विभेदयुक्त। बिचको प्रतिकूल। तर मानक स्थिति तीनैमा छन्।
तीन
कविहरूले मात्र होइन,
हजारौँ कविहरूले बालकलाई लिएर कविता बनाउन सक्छन्। कल्पनाशक्तिको
प्रयोगद्वारा बालकको जीवनलीला उतार्न सक्छन्। सन् 1802 तिरै वर्डस्वर्थले यस्तो
कविता लेखिसकेका पनि छन्।
बालक
को हुन् ?
र कस्ता हुन् ? हजारौँ प्रश्नहरू लाम लाग्न
सक्छन्। एउटै आमाको कोखबाट जन्मिएको एकल बालक होस् वा जुम्लाह बालक, उसको चरित्र अर्को बालकको चरित्रभन्दा विपरीत ध्रुवमा उभिएको हुन्छ।
यसैलाई यी तीन कविका दृष्टिचेत मानौँ।
कवितालाई
हेरौँ
विभिन्न
समय सन्दर्भमा लेखिएका तीनजनाका तीनवटा कविताहरूको थिम् भनेको बालजीवन हो।
बालजीवनलाई हेर्ने दृष्टिकोण कविहरूले कसबाट र कसरी लिए भन्ने अहिले कविको गोजीमै
फर्काई दिऊँ। व्यवहारमा कि सिद्धान्तको भुँइमा उभिएर देखेका हुन् त्यो पनि
कवित्रयमै जिम्मा दिऊँ। हामीले पाएका कविताको रूपमात्रै हेरौँ अथवा त्यसको वैचारिक
भित्तामात्रै।
टीका
भाइले पाँच परिच्छेद,
लेखनाथले बाह्र परिच्छेद र सुचनले चार परिच्छेद गरेर कवितामा
बालजीवनलाई सम्बोधन गरेका छन्। यति पनि भनिहालौँ, अघिका दुई
कविका कविता पुस्तकाकारमा प्रकाशित छन्। पछिल्लो कविता फेसबुकमा प्रस्तुत छ।
पुस्तकाकारमा आएका कवितामात्र कविता भन्नु अनिवार्य छ के त ?
विचार
केलाऔँ
टिका
भाइको कविताको मूल आशय अनुकरणवृत्ति हो। यसलाई मनोवैज्ञानिकहरू मानवीय मूल
प्रवृत्ति मान्छ। यसैमा बालक सधैँ प्रयत्नशील रहन्छ। बालकमात्र के ठुलाहरू पनि
प्रयत्नमै क्रियाशील रहन्छ। यहाँ बालकहरूले गरेका अनुकरण कार्यसम्बन्धी अनुकरण छ।
लेखनाथको
कविताको डिजाइन फरक छ। कविताको अन्तमा बालकको अबोध तथा कोमलपनको दृष्टान्त छ तापनि
कविताभरि बालकलाई केही नभन्नू अर्थात् नबुझाउनु भन्नेमा पूर्ण जोड छ। न इतिहास। न
भविष्य। बालकहरू आफै वर्तमान कोर्न सकून् र भविष्य बनाउन सकून्; जीवन
बुझून् र जिउन सकून् भन्ने अपेक्षा छ।
सुचनको
कविताको भाका लेखनाथको जस्तै छ सुरूबाट। एकपाटा भाव त्यही छ। अर्को पाटाको भाव
बाह्य विचरण गर्ना दिनतिर अभिप्रेरित छ।
छ्यास्मिस्
पारौँ
तीन
कविका विचार एउटै भाँडामा पकाउँदा फैलिने सुगन्ध एउटै छ- बालकको प्रतिभा। प्रतिभा
सबैको जन्मजात हुँदैन। जसलाई सहज प्रतिभा भनुँ। व्युत्पति तथा अभ्यासभन्दा पृथक्। सहज
प्रतिभा नहुने बालकहरू अभ्यासद्वारा नै सिक्छन्। त्यो अभ्यासबाटै उसमा कमबेसी
प्रतिभा जन्मिन्छ।
प्रतिभाबिना
न अनुकरण सम्भव छ,
न सिर्जनात्मक कार्य। बालकले थाहा नपाई कसरी देख्छन्, नसुनेको जस्तो गरी कसरी सुन्छन्, नसिकाइकन सिकेको
जस्तो कसरी गर्छन् जस्ता कुरा अभिभावकको मनोलोकदेखि धेरै टाडा हुन्छ। वास्तवमा,
हामी जतिबेला जुन दृष्टिले तिनीहरूलाई हेरिरहेका हुन्छौँ, तिनीहरू त्यतिबेला अर्कै दृष्टिले हामीलाई, वस्तुलाई,
परिवेशलाई हेरिरहेका हुन सक्छन्। सुनिरहेका हुन सक्छन् र बुझिरहेका
हुन सक्छन्। तिनीहरूले हेरेका, सुनेका र बुझेका थोक व्यक्ति,
समाज र राष्ट्रको लागि हितकर हुन्छ त ?, त्यो
हित-अहित कसले बुझाउने ? कसले सम्झाउने चोर्नु राम्रो होइन ?
खिसीट्युरी गर्नु राम्रो होइन।इत्यादि, इत्यादि। यहीँ आइपुग्दा फरक दृष्टिकोणको खाँचो पर्छ। के
थाहा, हामी तिनीहरूलाई बालक ठान्दा, तिनीहरू
हामीलाई उल्टै बालक ठान्दा हुन् कि ! यो असम्भव पटक्क छैन।
अब
अलिकति बाझ्ने खेलौँ
बालकको
अघि प्रस्तुत अप्रस्तुत घटना प्रक्रियाबाट बालकले जीवनका आधा सच्चाईमात्रै
प्रस्तुत गर्दैन। तिनीहरूले बुझीनबुझी सामाजिक, आर्थिक, राजनीतिक स्थितिदेखि जातीय उन्मुक्तिका विषयलाई प्रस्तुत पनि गर्छन् भन्ने
पहिलो कविको अभिप्राय छ। भाँडाकुटी खेलतिरै बालकहरू आमा हुन्छन्, बाबु हुन्छन्, मिस् हुन्छन्, पुलिस
हुन्छन्, चोर हुन्छन्, विद्रोही
हुन्छन्। र त्यही पात्रको भूमिकामा उत्रिएर अभिनय गर्छन्। कसरी ? सम्भावित उत्तर यस्तो छ-
“कसरी कहाँ देख्छन् थाहा छैन
तर
नानीहरू कति छिटो सिक्छन्।”
बालकले
सकारात्मक कुरामात्रै सिक्दैनन्। नकारात्मक कुरा अझ छिटो र धेरै सिक्छन्। यसरी
सिक्नुमा उसको पारिवारिक तथा सामाजिक परिवेश उत्तरदायी रहन्छ। ठुलाबढाहरूको
व्यवहार उत्तरदायी ठहर्छ। कविताको निचोड पनि यही हो। मनोविज्ञानले पनि
बाल्यावस्थामा जतिको अर्को कुनै उमेरावस्थामा सिक्ने (अनुकरण) क्षमता राखेको
स्विकार्दैन।
अब
महत्त्वपूर्ण प्रश्न बालक के आफै सिक्छन् त ?
बाख्राको
पाठोले उसकी आमाले उफ्रिन नसिकाई उफ्रिन सिक्छ। गाईको बच्चाले आमाको सहायतबिना
उभिन सिक्छ। रूखको विरूवाले आफूआफू हुर्किन सिक्छ। तर मान्छेको बच्चा ! आमा-बाबाको
सहायताबिना न हिँड्न सक्छ र बोल्न। रूनु र हास्नु त उसको जन्मजात क्रिया हो।
तब, कसरी
भन्न सकिन्छ कि बालक आफै सिक्छन् ?
ऊ, तिम्रो
आमा हुन्, ऊ बाबु हुन् भनेर जसरी बालकलाई सिकाइनु पर्छ
त्यसरी नै त सिकाउनु पर्छ यो ईश्वर हो, यो राक्षस हो। यो
गान्धी हो अथवा यो हिटलर। यो राम्रो-नराम्रोको भेद छुट्याउने प्रक्रिया नै त हो।
यही कुरालाई लेखनाथको कविताले छोप्न चाहन्छ। यसरी छोप्दा बालकको मूल प्रवृत्तिको
हत्या हुँदैन र ? बालकलाई मानसिक कुँजे बनाउँदैन त ?
मन्दिरभित्र
होस् कि पूजाकोठाको भित्तामा, त्यहाँ झुन्डिएको नक्सा हेरेपछि बालकले
सोध्दैन ? यो आठवटा हात हुने को हो ? यसको
किन निलो अनुहार ? यसले किन जिभ्रो निकालेको ? यसको मुख किन रातो ? अथवा यसले किन त्यसको छातीमा टेकेको ?
अझ, सोध्दैनन्
? त्यो चस्मा लाउने बाजे को हुन् ? लट्ठी
किन टेकेको ? इत्यादि
इत्यादि।
अनि
कसरी एक्लएक्लै सिक्न सक्छन् भनुँ- भाषासितको जीवन र आकारबिनाको जीवन। कसरी बुझ्न सक्छन् रङ्गको फिलोसफी ?
सुचनको
कविता पनि सुरुमा त्यही भाका बोकेर हामीलाई तर्साउन खोज्छ। फेरि कुन्नि किन उसको
मन कोमलतातिर ढल्किन्छ। र आग्रह पोख्छ- घरको संघारदेखि बाहिरको संसारतिर विचरण
गराइदिने। घाम,
जून, बादलसँग लुकामारी खेलाइदिने। ताराहरूसँग
अम्बलडम्बल खेलाइदिने। हावासित साउती गराइदिने।
तात्पर्य-
यी जम्मै प्रकृति हुन्। प्रकृति भनेकै अनुकरण हो र यसैबाटै संसार सञ्चालित छ।
बालकको
कोमल हृदयमा थोपिएका गह्रौँ सिद्धान्तको भारी, व्याकरणका अटसपटस् खुराकको
विद्रोह लेखनाथ र सुचनका कविताले उठाएका गहन र चिन्तनयोग्य विषय हुन्। तर यसमा
सरोकार कसलाई छ ? सामूहिक
चेतना र पहलको अनिवार्यता कसलाई छ ?
त्यसैले
यो खोस्टाखास्टी नै हो।
अन्तिम
चाटनी
बालकलाई
बालक सम्झिऊन्। तर कस्तो बालक ? टीका
भाइले प्रस्तुत गरेको बालकजस्तो ? लेखनाथले भनेको जस्तो ? सुचनले भनेको ठूलो प्रश्न चिन्ह
लागेको जस्तो ? कि बालकले आफै चाहेको जस्तो ?
बालक
र उसको जीवन सार्वभौमिक छ। आह !
कविता पठनका लागि लिङ्क
https://m.facebook.com/story.php?story_fbid=1165001613893222&id=1000011501830611
https://m.facebook.com/100011501830611/post/1160404177686299/
https://m.facebook.com/story.php?story_fbid=1151892705204113&id=1000011501830611
No comments:
Post a Comment