गफसफ.com, कालेबुङ 4अक्टोबर 2020
भारत सरकारको गृह मन्त्रालयले गोर्खाल्याण्ड विषयमा आगामी 7 अक्टोबरका दिन एक सभा डाकेको छ। यसबारे आज भारत सरकारको गृहमन्रात्लयले एउटा पत्र जारी गरेको छ। रेणु सरीण-द्वारा हस्ताक्षरित उक्त पत्र पश्चिम बङ्गाल सरकारको गृह सचिव, दार्जीलिङ जिल्लापाल, जीटीए, मुख्य सचिव, अनि गोजमुमो अध्यक्षलाई पठाईएको छ।
केन्द्रिय
गृह-राज्य मन्त्री जी किसन रेड्डीको अध्य्क्षतामा उक्त सभा आगामी 7 अक्टोबरका दिन नयाँ
दिल्ली स्थित नर्थ ब्लकमा हुने भएको छ। केन्द्रीय गृह विभागका निर्देशक रेणु सरीणद्वारा
हस्ताक्षरित पत्र ‘गोर्खा जनमुक्ति मोर्चा’ पार्टीका अध्यक्षलाई पठाईए पनि उक्त पत्र गोजमुमो –एक अथवा
दुई-का अध्यक्षलाई पठाईएका हुन् भन्ने कुरा भने पत्रमा स्पष्ट लेखिएको छैन। यद्यपी
उक्त पत्र गोजमुमो पार्टीका संस्थापक अध्यक्ष विमल गुरुङहरूद्वारा अघिका दिनमा सञ्चालित
सिंहमारी स्थित केन्द्रिय कार्यलयको ठेगानामा पठाईएको छ।
स्मरण रहोस्,
केहि दिन अघि मात्रै गोजमुमो पार्टीका संस्थापक अध्यक्ष विमल गुरुङ पहाड फर्कने हल्ला
चलेको थियो। उनी पहाड फर्कलाई बङ्गालको सत्तासिन पार्टी तृणमूलसँग गोप्य वैठक बसेर
रणनीति समेत तयार पारिरहेको हल्ला फैलिएको थियो। यस्तो अवस्थामा भारत सरकारको केन्द्रिय
गृह मन्त्रालयले गोर्खाल्याण्ड विषयमा एकाएक वैठक डाकेपछि थुप्रै अडकलबाजी सुरु भएको
छ।
No comments:
Post a Comment