गफसफ.com, 1
दिसम्बर 2020, कालेबुङ ।
नेपाली लघु साङ्गेतिक चलचित्र ‘मुटु मिची’-को पोस्टर सार्वजनिक भएको छ। गीतकार एवम् गायक उमेश उपमाको शब्द अनि स्वरमा रहेको उक्त लघु साङ्गेतिक चलचित्र ‘मुटु मिची’-मा चर्चित अभिनेता बुद्धि तामङ अभिनेत्री सुरक्षा पन्त अनि अभिनेत्री रिया भुजेलले अभिनय गरेका छन्।
केहि
दिन अघि दार्जीलिङ पहाडको मङ्पू लगायत अन्य स्थानहरूमा छायङ्कन भएको उक्त
साङ्गेतिक लघु चलचित्रलाई आप्पा फिल्मका निर्देशक अन्मोल गुरुङले निर्देशन गरेका
छन्। भने जोहन गुरुङको सिनेमाटोग्राफी रहेको छ।
धेरै
चर्चित गीतहरू लेखेर गीतकाका रूपमा चिनिसकेका उमेश उपमा नेकजना कुशल गायकका रूपमा
पनि परिचित छन्। उनै गीतकार अनि गायक उमेश उपमाले नेपाली चलचित्र ‘आप्पा’-को
चर्चित गीता ‘हावा सरर...’ लेखेका हुन् भने युट्युबमा लाखौँले
हेरिसकेका छन्।
यसपल्ट
केहि नयाँ कार्य गर्ने छटपटीमा रहेका उमेश उपमाले नेपाली लघु साङ्गेतिक चलचित्र ‘मुटु
मिची’- को
निम्ति आफ्नै शब्दमा रहेको गीतमा आफ्नै स्वर समेत दिएका छ। उक्त लघु साङ्गेतिक
चलचित्रको पहिलो पोस्टर सार्वजनिक भएपछि अब चाँडै युट्युबमार्फत् सार्वजनिक गरिने
पनि जानकारी दिइएको छ।
No comments:
Post a Comment