गफसफ.com, 1 दिसम्बर 2020, खर्साङ ।
गोजमुमो विमल गुटका महासचिव रोशन गिरी अनि दिपेन मालेले
खर्साङको जनसभाबाट लगाएका आरोपहरूको जवाब विनय गुटका महासचिव अनित थापाले सोहि
स्थानबाटै दिएका छन्। 2017 को आन्दोलनको
समय जनतादेखि टाडिएर भूमिगत बनेका रोशन गिरी अनि दिपेन मालेले विस्थापित जीवनपछि
गत 29 नोभेम्बरका दिन खर्साङमा पाइला टेकेका थिए। त्यसक्रममा जनसभालाई सम्बोधन
गर्दै उनीहरूले विनय तामङ र अनित थापाहरूले नै गोर्खाल्याण्ड आन्दोलनलाई सम्झौता
गर्दा आफुहरू विस्थापित बन्न परेको आरोप लगाएका थिए।
रोशन गिरी – दिपेन मालेले लगाएका आरोपहरूको जवबा दिँदै अनित थापे “विस्थापित भन्नेहरु सबै भगौडा हुन” भने। पार्टी समर्थकहरूको व्यापक भीड रहेको उक्त जनसभालाई सम्बोधन गर्दै अनित थापाले अझ भने –“दार्जीलिङ पहाडमा फेरि एउटा कालो छाया चड्नु खोज्दैछ। यो कालो छाया दार्जीलिङ पहाडमा लाग्नु दिनु हुँदैन।”
उनले आफ्नो सम्बोधनको क्रममा राज्य सरकारले कोल्टे नीति
गर्नु नहुने पनि स्पष्ट बताएका छन्। “म सरकार संग मिलेर नै जनताको सेवा गर्दैछु
तर, सरकारले
पनि कोल्टे नीति गर्नु हुँदैन। पहाडलाई सरकारले घरी घरी चलाई रहनु हुँदैन। सरकारले
यो कुरा राम्ररी बुझोस्” अनित थापाले राज्य सरकारलाई सन्देश दिँदै
भने। यसक्रममा उनले विमल गुरुण्ग़ गुटको जनसभा आफुहरूकै कारण मात्र हुन सकेको दाबी
गरे। यसक्रममा आफुलाई धेरै नचलाउने उनले सुझाव दिएका छन्।
“मलाई धेरैले भन्छन् मैले अनि विनय तामाङले विमल गुरुङलाई धोका दियो भनेर। तर धोका त विमल गुरुङले सुबास घिसिङलाई दिएको हो’ थापाले भने। यसक्रममा उनले –“हाम्रो पहाडको युवाको १३ वर्ष विगार्यौ , टुरिजम विगार्यौ>, कमानको रोजगार विगार्यौल । यसको हिसाब दिनु सक्छौ?” भनि प्रश्न तेर्साए।
थापाले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन गर्दा जनता
नछोडेको दाबी गर्दै विनय तामाङ र आफु जेलमा हुँदा अनि बेला अनोस थापा विमारले मरे तुल्य भएको बेला, "अनोस मर्योछ भने खरसाङ अझ तातिन्छ" भन्ने तिमी नै थियौ विमल गुरुङ” भने।
2017 पछि पहाड चडेका रोशन गिरीले खर्साङमा आएर गाली बाहेक
केही पनि गरेनन् अनि पत्रकारलाई सम्म छोडेनन् भन्दै आन्दोलनको समय सडकमा उत्रिने
पत्रकारहरु रहेको स्मरण पनि दिलाए। उनले पार्टीका अध्यक्ष विनय तामाङको कुशल
नेतृत्वमा पहाडलाई अझ अगाडि लैजानु पर्छ भने।
No comments:
Post a Comment