गफसफ.com, 26 मार्च 2021, कालेबुङ ।
गोर्खा जनमुक्ति मोर्चा विमल गुरुङ गुटका
प्रार्थी डा. आर.बी भुजेलले आफ्नो नामङ्कन दर्ता गरेपछि कालेबुङबाट आफ्नो जित
निश्चित रहेको दाबी गरे। यसक्रममा उनले चुनावी मैदानमा अन्य राजनैतिक दलका प्रार्थीहरू
भए पनि आफ्नो जितमा पूर्ण विश्वास रहेको उनले बताए।
डा. भुजेलले आज नामङ्कन पत्र दर्ता गर्न
अघि पार्टी समर्थकहरूले पार्टी कार्यालयबाट एक र्याली निकालेको थियो। नोभेल्टी
परिसरबाट सुरु भएको उक्त र्यालीले डम्बर चौक हुँदै मेन रोड परिक्रमा गरेर महकुमा
अधिकारीको कार्यालयमा पुगेको थियो। यस अवसरमा पार्टी समर्थकहरूले डा. भुजेल
जिन्दावाद र विमल गुरुङ जिम्दावाद जस्ता नारा जोडतोडले लगाएका थिए।
नामङ्कन पत्र दर्ता गरिसकेपछी उनले
पत्रकारहरूसँग कुराकानी गर्दै तृणमूल कङ्ग्रेस पार्टीसँग आफूहरूले परिस्थिति
अनुसार गठबन्धन गरेको बताए। यसक्रममा उनले आफुहरूले जातिको मुद्दालाई नबिर्सेको
कुरा पनि दोहोर्याए। “राजनीति गर्दा अनेकौँ मोडहरू भेटिन्छन्। त्यहीँ राजनितिक मोडहरूमा आइपुग्दा गोजमुमो
विमल गुटले परिस्थिति बस् टिएमसीसित गठबन्धन गर्न परेको हो। तर गठबन्धन गर्यो भन्दैमा
हामीमे जातिको मुद्दा बिर्सेका छैनौँ” डा. आर. बी भुजेलले भने। यसक्रममा उनले
चुनावमा विजयी बनेपछी आफूले कतिसम्म कार्य गर्न सक्ने रहेछ भन्ने कुरा प्रमाणित
गर्ने पनि उनले बताए।
उनले पत्रकारहरूसँग कुराकानी गर्ने
क्रममा अन्य दलका प्रार्थीहरू आफ्नो निम्ति उत्ति डरलाग्दो चुनौति नरहेको पनि
बताएका छन्। आफुसँग चुनाव जित्ने आत्मविश्वास रहेको कारण उनले अन्य प्रार्थीहरू
चुनति नरहेको पनि स्पष्ट पारे। यसै अवसरमा उनले भारतीय जनता पार्टीले गोर्खाहरूलाई
केहि दिन नसकेको आरोप लगाए।
“भाजपाले गोर्खाहरूलाई केहि दिएको छैन।
दार्जीलिङ गोर्खा पार्वत्य परिषद कङ्ग्रेस र बामफ्रण्टले गठन गर्यो। जीटीएको गठन
पनि तृणमूल रकङ्ग्रेस सरकारले दिएको हो। भाजपाले गोर्खाहरूलाई केवल आश्वासन मात्र
दियो, त्यसभन्दा ठूलो केहि दिएन” डा. भुजेलले भने। यसक्रममा उनले अब गोर्खा जातिले
भाजपालाई स्वीकार नगर्ने पनि दाबी गरे।
No comments:
Post a Comment