गफसफ.com, 02 मार्च 2021, कालेबुङ ।
गोर्खा जनमुक्ति मोर्चा (विनय गुट) ले
विधानसभा चुनावलाई लिएर चुनावी अभियान तिब्र पारेको छ। पार्टीले चुनावलाई लिएर
अहिलेसम्म प्रार्थीको घोषणा नगरे पनि चुनावी अभियान भने जोडतोडले अघि बडाउने कार्य
गरिरहेको छ। यसैक्रममा आज कालेबुङको बोङ-दुर्बिन समष्टि अन्तर्गत लोअर गैरी गाउँमा
बुथ स्तरीय प्रतिनिधी सभा सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै गोजमुमो विनय गुटका
जिल्ला प्रवक्ता भुवन खनालले अब जनताले सही नेतृत्व चुन्ने समय आएको बताए।
“जनताले सही नेतृत्व चिन्ने समय आएको छ। पहाड़को निम्ति कसले के कति गरेको छ त्यो बुझेर सही मूल्याङ्कन गर्ने सही समय अब आएको छ। २०१७ पछि पहाड़को सामाजिक, शैक्षिक, आर्थिक एवं सर्वाङ्गीन विकासमा गोजमुमो अध्यक्ष विनय तामाङ अनि जीटीए अध्यक्ष अनित थापाले गरेको कार्यको सही मूल्यांकन गरेर शील मोहर लगाउने दिन १७ अप्रेल हो। त्यसदिन पहाड़को भविष्य पनि जनताले निर्धारण गरिदिनुपर्छ” जिल्ला प्रवक्ता भुवन खनालले भने।
उनले पार्टी कर्मीहरूलाई सम्बोधन गर्दै
जनताले अब चुनावमा पार्टी अध्यक्ष विनय तामङ र अनित थापाले गरेको कार्यलाई ध्यानमा
राखेर सही निर्णय लिनुपर्ने आह्वान गर्दै चुनावमा पहाडलाई सही मार्गमा डोहोर्याउने
सही नेतृत्व अब जनताले चिन्नुपर्छ भने।
चन्द्रकला भण्डारीको अध्यक्षतामा भएको यस
सभामा नारी मोर्चा कार्यकारी सचिव रेखा दर्नाल, उपाध्यक्ष बुनु छेत्री, कोषाध्यक्ष प्रज्ञा भण्डारी, नारी मोर्चा सल्लाहकार राधिका काफ्ले, रजनी प्रधान, सुनिता प्रधान, समष्टि
कार्यकारी सदस्य टेकेन्द्र अधिकारी, रोहिता अधिकारी आदिको उपस्थिति रहेको थियो। सभालाई रेखा
दर्नाल, बुनु छेत्री, राधिका काफ्ले, टेकेन्द्र
अधिकारीले पनि सम्बोधन गरे।
No comments:
Post a Comment