गफसफ.com, कालेबुङ २४ मार्च २०२१
गोर्खा जनमुक्ति मोर्चा विनय गुटका प्रार्थी रूदेन लेप्चाले आज नामङ्कन दर्ता गरेका छन्। नामङ्कन पत्र दर्ता गर्नेक्रममा व्यापक मात्रमा पार्टी कार्यकर्ताहरू सडकमा उत्रेर अघोषित शक्ति प्रदर्शन गर्ने कार्य सम्पन्न भयो।
नामङ्कन पत्र दर्ता गर्न अघि गोजमुमो गुटले पार्टी कार्यलयदेखी जिल्ला कार्यलयसम्म एउटा र्याली निकालेको थियो। सबैभन्दा पहिला जिल्ला पार्टी कार्यलमा सर्वधर्म प्रार्थना सभा सम्पन्न भएपछी पार्टी कार्यकर्ताहरूले रूदेन लेप्चा जिन्दावादको नाराबाजी गर्दै जिल्लापाल कार्यलय अघिसम्म र्याली गरे। यस अवसरमा गोजमुमो पार्टी कार्यकर्ताहरूको व्यापक भीड जमेको थियो।
लेप्चाले नामङ्कन पत्र दर्ता गरेपछी कालेबुङ विधानसभा आसनबाट आफ्नो जित निश्चित रहेको दाबी गरे। उनले जनतालाई साथ दिने अपिल गर्दै चुनावमा जितेपछि कालेबुङका जनताको हितमा काम गर्ने पनि बताएका छन्। "यसपल्टको चुनावमा जनताले निश्चिय नै साथ दिने कुरामा आशावादी छौँ। किन भने गोजमुमो विनय गुटले जनताको पक्षमा काम धेरै गरेको छ। यसैले हाम्रो जित निश्चित छ" रूदेन लेप्चाले भने।
उनले पत्रकारहरूलाई सम्बोधन गर्दै भाजपा जनतालाई आश्वासन देखाएर ढाँट्ने पार्टी रहेको कारण पहाडका जनताले अब भाजपालाई विश्वास नगर्ने पनि दाबी गरे। पहाडका जनताले भाजपाप्रति विश्वास गरे पनि आजसम्म जनतालाई केही उपलब्धी दिनको साटी झूटको खेती गरिरहेको कारण जनताले भाजपालाई चुनावमा सही जवाब दिने लेप्चाले बताए। यसैक्रममा उनले गोजमुमो विमल गुटलाई पनि जनताले साथ नदिने दाबी गरे।
"विमल गुरुङहरूको शाषणमा केवल हत्या, हिंसा र अशान्तिको राजनीति भयो। जनताले समस्या धेर भोग्न परे। विनय तामङ र अनित थापाहरू आएपछि पहाडमा शान्ति स्थापित भएको हो। यसको साथै जनताको विकास कार्य भएको हो। यसैकारण अब जनताले विमल गुरुङ गुटलाई साथ दिनेछैन" रूदेन ल्व्प्चाले भने।
No comments:
Post a Comment