गफसफ.com, 10 मार्च 2021, कालेबुङ ।
विधानसभा चुनाव नजिक आइअहेको अवस्थामा
यता हिल तृणमूल कङ्ग्रेस पार्टीका समर्थकहरू भने गोर्खा जनमुक्ति मोर्चा विनय
गुटमा सामेल भइरहेका छन्। कालेबुङ जिल्ला हिल तृणमूल कङ्ग्रेस पार्टीका केही
कार्यकर्ताहरू आज गोजमुमो विनय गुटमा सामेल भएका हुन्। यस अवसरमा गोजमुमो पार्टी
कार्यलयमा पार्टीका केन्द्रिय समिति सदस्य रुदेन सादा लेप्चा, जिल्ला समिति
अध्यक्ष सीबी गुरुङ लगायत अन्यको बाहुलिबाट उनीहरूलाई पार्टीको झण्डा प्रदान
गरियो।
समर्थन कार्यक्रमलाई सम्बोधन गर्दै गोजमुमो केन्द्रीय समिति सदस्य रुदेन लेप्चाले तृणमूल कङ्ग्रेस पार्टी त्यागेर गोजमुमो विनय गुटमा सामेल हुनेहरूलाई स्वागत गरे। “गोजमुमो पार्टीमा सामेल हुनेहरूलाई हामी हार्दिक स्वागत गर्छौँ। तपाईँहरूको समर्थनले पार्टीलाई थप उर्जा मिल्नेछ अनि भविष्यमा हामी एकवद्ध भएर कार्य गर्दा नै सफल बन्नेछौँ” रूदेन लेप्चाले भने।
उनले पार्टीमा युवाहरूको सहभागिताले भविष्यमा दलको
अनि पहाडकै निम्ति कार्य गर्नमा उत्साह पुगेको बताउँदै तिनले सबैलाई एकमुष्ठमा
रहेर कार्य गर्नुपर्नेमा जोड दिए। यसका साथै सबैले पार्टीलाई बलियो बनाउने कार्य
गर्नुपर्ने पनि आह्वान गरेका छन्।
यता आज तृणामूल कङ्ग्रेस त्याग गरेर
गोजमुमो विनय समूहमा भएका युवाहरूले आफूहरू गोजमुमो विनय समूहको सिद्धान्त र
कार्यप्रणालीलाई मनपराएर सामेल भएको बताउँदै भविष्यमा गोजमुमो विनय समूहसँग आबद्ध
रहेर अघि बढ्ने प्रतिबद्धता पनि युवाहरूले जाहेर गरे।
No comments:
Post a Comment