गफसफ.com, 16 जुलाई 2021, कालेबुङ ।
गोर्खा जनमुक्ति मोर्चा पार्टीको झण्डा बिनय तामङले बिमल
गुरुङलाई फिर्ता गरिदिएका छन्। बिनय तामङले बिहिबार पार्टी अध्यक्षको पद अनि
पार्टीका साधरण सदस्यताबाटै राजीनामाको घोषणा गरेपछी दलको झण्डा गोजमुमो संस्थापक
अध्यक्ष विमल गुरुङलाई फिर्ता गर्ने घोषणा गरेका थिए। सोही अनुरूप आज तामङले दलको
झण्डा पातलेबाँस स्थित पार्टी कार्यलयमा आफ्ना समर्थकहरूको मार्फत् पठाइदिएका थिए
भने मोर्चा अध्यक्ष विमल गुरुङले उक्त झण्डा ग्रहण गरेका छन्।
बिनय तामङले आँखभरी आँसु बनाएर पार्टीको झण्डा विमल
गुरुङलाई फर्काउने घोषणा गरेको भिडियो हेरेर निक्कै भावुक बनेका विमल गुरुङले आज
बिनय तामङले फिर्ता गरिदिएको दलको झण्डा ग्रहण गर्दा आफ्नो आँखाबाट पनि आँसु थाम्न
सकेनन्। यसक्रममा बिमल गुरुङले विनय तामङले पठाएको झण्डा स्वीकार गर्नका साथै
गोजमुमो पार्टी गठन गर्नेहरू मध्ये एक रहेका विनय तामङको निम्ति निम्ति पार्टीको
दैलो पूर्णरूपमा खुल्ला रहेको पनि गुरुङले बताएका छन्।
No comments:
Post a Comment